• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
बहसमा कता जाँदैछ नेपाली मौलिकता?
64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०७७  १९:०६
1140x725

काठमाडौं- केही समयअघि भारत र नेपालबीच फुटबल प्रतियोगिता भयो। नेपालमै भएको उत्त फूटबल प्रतियोगितामा नेपालले जित्यो। जसै नेपालले जित्यो टेलिभिजन स्क्रिनमा फुटबल हेरिरहेका कवि तथा पत्रकार धीरेन्द्र प्रेमर्षिको पनि नेपाली हुनुको गर्वले छाती ढक्क फुल्यो। उनी मनमनै रमाए तर यो रमाइलो धेरै बेर टिकेन। जब टेलिभिजनमा ‘धोती हार्‍यो’ भनेर नारा लगाइयो।

प्रायः धोती पाइजामा हुने उनले आफ्नो पोशाकको अपमान गरेको महसुस गरे। नेपालकै मधेसीलाई पनि अन्यले हेयका साथ ‘धोती’ भन्थे। ‘नेपालले फुटबल जितेर रमाइरहेको म जब धोती हार्‍यो भन्ने नारा लाग्यो अनि म स्तब्ध भएँ,’ प्रेमर्षिले भने, ‘पञ्चायतकालदेखि नै हाम्रो राष्ट्रियता पोशाकको दाम्लोमा बाँधिएको छ।’ 

सीमित पोशाक सीमित धर्म र सीमित क्षेत्रको मौलिकता मात्रै नेपाली मौलिकता नहुने सम्पूर्ण जात भाषा धर्मको लिगंको मौलिकता नेपाली मौलिकता हुने प्रेमर्षिको भनाइ छ। 

शुक्रबार ‘ज्ञान-विज्ञान समूह’ले नेपाली मौलिकता कसरी बुझ्ने भन्ने विषयमा भर्चुअल संवाद कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा वक्ताका रूपमा उपस्थित भएका मिथिला संस्कृतिमा विशेष रुचि राख्ने पत्रकारिता र साहित्यमा समेत कलम चलाउँदै आएका प्रेमर्षिको तीतो अनुभव थियो त्यो। कार्यक्रममा सहभागीहरूले मौलिकता मासिँदै गएको भन्दै चिन्ता गरे। केहीले मौलिकतामा आधारित भएर व्यवसायिक बनेर जानुपर्नेमा जोड दिए भने केहीले मौलिकताको नाममा महिला तथा स्थान विशेषका व्यक्तिहरुलाई विभेद गर्न नहुने राय राखे। 

नेपाली मौलिकतालाई कसरी बुझ्ने? नेपाली मौलिकता भनेको के हो? विदेशमा बस्ने नेपालीले आफ्नो मौलिकता कसरी जोगाइरहेका छन्? के मौलिकपन जोगाउँदा जातीय विभेद, लैगिंक विभेद हुन्छ? के सबै नेपालीको एउटै मौलिकता हुन्छ? कि फरक जात र भूगोलपिच्छे फरक हुन्छ मौलिकता? कि समाजपिच्छे फरक हुन्छ मौलिकता? के मौलिकतामा आधारित भएर व्यवसायिक जीवनयापन गर्न सकिन्छ? समृद्धि हासिल गर्न सकिन्छ? लगायतका विषयमा केन्द्रित भएर संवाद कार्यक्रमको आयोजना गरिएको थियो।

प्रेमर्षिका अनुभवमा मौलिकता भन्ने बित्तिक्कै राजा महेन्द्रको याद गर्नेहरु पनि छन्। राजा महेन्द्रले ‘एक देश, एक भेष’ लगायतको नारा फुके। सीमित पोसाक, सीमित धर्म, सीमित जातलाई प्रश्रय दिए। उसो त यो कुराको प्रमाण २०४८ सालपछि भएका जनगणना विविध जातजाति, धर्मको सङ्ख्या बढ्नु र २०४८ सालभन्दा अघि सीमित जात धर्म देखाउने राज्यले केलाई मौलिकता मान्थ्यो प्रष्ट हुन्छ। यद्यपि महेन्द्रलाई मौलिकताको पगरी गुथाउनेहरुको पनि कमी छैन यहाँ। 'अब उनै पञ्चायती बेलाको मौलिकताको परिभाषामा अल्झिनेकी नयाँ परिभाषा खोज्ने? के अब मौलिकताको नयाँ परिभाषा खोज्न ढिलो भएन,' उनको प्रश्न थियो। 

सिद्धान्त र व्यवहारलाई जोड्ने नेपाली मौलिकता 
जरोकिलो अभियानका अभियन्ता एवम् प्रा डा निर्मलमणि अधिकारीका अनुसार मौलिकता मूलतः  नवीन र सिर्जनशील हुन्छ। ‘मौलिकता भनेको आफ्नै छुट्टै हुन्छ। त्यो सिर्जनशील पनि हुन्छ नविनतम पनि हुन्छ,’ अधिकारीले भने, 'मौलिकता आविष्कारसँग जोडिएको हुन्छ। नेपाली मौलिकतामा पनि वैज्ञानिकपन भेटिन्छ। खोज तथा अनुसन्धान भेटिन्छ।’

अधिकारीका अनुसार वैदिक, बौद्ध, बोन, जैन, किराँती परम्परा यहीँबाट सुरु भएको हो। नेपाल बहुभाषिक र बहुजातीय देश भएपनि तर बहुराष्ट्रिय भने नभएको उनको भनाइ छ। ‘नेपाल बहुभाषिक/बहुजातीय देश हो,’ अधिकारीले भने, ‘तर बहुराष्ट्रिय होइन। नेपाली मौलिकता सिद्धान्त र व्यवहारलाई जोड्ने प्रकारको छ सिद्धान्त र व्यवहारलाई फरकफरक बनाउने हैन।’

लेखक तथा पत्रकार अमृता लम्साल भने मौलिकता भनेको एकदमै ठूलो विषय भएको र धर्म मौलिकताको एक पाटो भएको बताइन्। ‘मौलिकता भनेको धर्म/संस्कृति, मानवशास्त्र, आदिवासी र सभ्यता लगायतका विषयसँग जोडिएको विषय हो,’ लम्सालले भनिन्, ‘मौलिकतालाई धर्मसँग मात्र जोडेर हेरियो भने सानो परिधि हुन आउँछ। त्यसकारण मौलिकतालाई ठूलो परिधिमा राखेर हेर्नुपर्छ।’ 

कवि तथा पत्रकार धीरेन्द्र प्रेमर्षिलाई पनि मौलिकताको परिभाषा पत्रकार अमृता लम्सालसँग मिल्दोजुल्दो नै छ। शासकले कस्तो परिभाषा दिएको छ सोलाई मात्र मौलिकता मान्न नसकिने उनको भनाइ छ। 

‘नेपालमा शासक अनुसार मौलिकता लादिएको छ,’ प्रेमर्षिले भने, ‘सीमित पोशाकमा सीमित भाषामा नेपाली मौलिकता खोजेर भेटिन्न,साघुँरो हुन्छ।’ 

भारतीय टेलिभिजनले ‘डोमिनेट’ गरेको नेपाली संस्कृति 
हामीले पहिले गर्ने कामहरु फेरिदै गएका छन्। ढुगेँधारामा पानी लिन जान देखि हामीले बोल्ने भाषा, पूजापाठदेखि अन्य गतिविधिसम्म छिमेकी देशको प्रभाव परेको प्रष्टै छ। 
नेपालमा धेरै टेलिभिजन कार्यक्रम तथा सिनेमा हिन्दीकै रुचाइन्छ।

अहिले हुर्कँदै गरेका बालबालिकामा त झनै भारतीय संस्कृति र भाषाको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। लेखक तथा पत्रकार अमृता लम्सालले भारतीय टेलिभिजनले नेपाली भाषा र संस्कृतिमाथि ‘डोमिनेट’ गरेको बताइन्। ‘प्रविधिको विकासको रफ्तार ठूलो छ। मेस्सीले फुटबल खेल्दा यहाँ उनको जर्सी बिक्छ,’ लम्सालले भनिन्, ‘खेलमा मात्रै होइन, २४सै घण्टा आउने भारतीय फिल्म र सिरियलले नेपाली संस्कृतिमाथि डोमिनेट गरेको छ।’

मौलिकता जोगाउने महिलाले मात्रै हैन 
लेखक तथा पत्रकार अमृता लम्सालले नेपालको संस्कृति र समाजको इज्जत महिलाले धान्ने जस्तो व्यवहार गरिने गरको बताइन्। ‘यहाँ पुरुषले जनै लगाएको/नलगाएको धोतीपाटो फेरेको/नफेरेको चर्चा हुन्न,’ लम्सालले भनिन्, ‘पौराणिक कथा मिथकलाई बुझ्नेभन्दा पनि पितृसत्तात्मक सोच र व्यवहारले  महिलालाई विभेद गरिएको छ।’

लम्सालका अनुसार नेपाली मौलिकता जोगाउने नाउँमा जात, धर्म, लिगं स्थानविशेषलाई मात्र पाखा नपारी परिवर्तनलाई स्वीकारेर आफ्नोपन हट्न दिन नहुने बताइन्। 

देश फेरिन्छ मौलिकता फेरिन्न 
भारतमा नेपाली भाषालाई संविधानमा नै राष्ट्रिय भाषाको रुपमा स्वीकारिएको छ। तर केही वर्ष अघिसम्म दिल्ली युनिर्भसिटीले अन्य भाषाका विषय लिनेलाई नम्बर काट्ने गरेको थियो। युनिर्भसिटीको नियमअनुसार त्यहाँ पढाइ नहुने विदेशी भाषाको कुनै विषय लिएको खण्डमा विद्यार्थीको केही नम्बर काटिन्थ्यो।

तमिल बंगाली भाषाका विषय पनि दिल्ली युनिर्भसिटीमा पढाइन्नथ्यो। तर अन्य भाषाको विद्यार्थीको नम्बर काटिएन। नेपाली भाषा लिनेहरूको भने नम्बर काटियो। त्यसको एक वर्षसम्म उनीहरुले लेखे/बोले। त्यहाँका मुख्यमन्त्रीलाई भेटेपछि भने अहिले नेपाली भाषा लिनेको पनि नम्बर काटिँदैन। 

श्रद्धा क्षेत्री देश फेरिएपनि भाषाप्रतिको माया र मौलिकता प्रतिको आस्था नघट्ने बताइन्। उनी भन्छिन्, ‘म दिल्लीमा बसेपनि दशैँ मान्छु। तर नेपालमै मान्ने जसरी मान्दिनँ, अग्रेंजी र हिन्दी बढी बोल्छु तर नेपाली भाषा त्यति बोल्न नआएपनि नेपाली हुनुको मौलकिता हामीमा छ।’

मौलिकतामा व्यवसायिकता
प्रा डा निर्मलमणि अधिकारी नेपाली मौलिकता शिक्षा, स्वास्थ्य, अर्थाेपार्जन, राजनीतिदेखि हरेक तहमा आफ्नै पाराको भएको तर  संस्कृति जोगाउने भन्दैमा बेला न कुबेला आफ्नो संस्कृति देखाएर पैसा कमाउन तर्फ लाग्न नहुने बताए। ‘व्यवसायिकताको नाममा होमस्टे खोल्ने पूजा गर्ने नाच्ने र पैसा झार्ने प्रवृत्तिले नेपाली मौलिकता जोगिन्न,’ अधिकारीले भने, ‘अरुको भौतिक सुखसुविधा र मनोरञ्जनको साधन बन्ने होइन मौलिकता।’

नेपाली मौलिकतामा आधारित रहेर कृषि कर्म गरिरहेका कालु हमाल भने नेपाली मौलिकतालाई व्यवसायिकतासँग जोड्नु पर्ने बताउँछन्। ‘मौलिकता संरक्षण र संवर्द्धन आवश्यक पर्छ। जसका लागि रकम आवश्यक पर्छ,’ हमालले भने, ‘व्यवसायिकतामा नलगी मौलिकतालई संरक्षण गर्न सकिन्न। त्यसैले मौलिकता जोगाउन मौलिकतामा आधारित व्यवसाय गर्न पर्छ।’

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी
रवि लामिछानेको पक्षमा कलाकारहरूको हस्ताक्षर
गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
रवि लामिछानेको पक्षमा कलाकारहरूको हस्ताक्षर शुक्रबार, असार २०, २०८२
गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु शुक्रबार, असार २०, २०८२
अब सरकारी जागिर खानेलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्