• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बहसमा कता जाँदैछ नेपाली मौलिकता?

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०७७  १९:०६
1140x725

काठमाडौं- केही समयअघि भारत र नेपालबीच फुटबल प्रतियोगिता भयो। नेपालमै भएको उत्त फूटबल प्रतियोगितामा नेपालले जित्यो। जसै नेपालले जित्यो टेलिभिजन स्क्रिनमा फुटबल हेरिरहेका कवि तथा पत्रकार धीरेन्द्र प्रेमर्षिको पनि नेपाली हुनुको गर्वले छाती ढक्क फुल्यो। उनी मनमनै रमाए तर यो रमाइलो धेरै बेर टिकेन। जब टेलिभिजनमा ‘धोती हार्‍यो’ भनेर नारा लगाइयो।

प्रायः धोती पाइजामा हुने उनले आफ्नो पोशाकको अपमान गरेको महसुस गरे। नेपालकै मधेसीलाई पनि अन्यले हेयका साथ ‘धोती’ भन्थे। ‘नेपालले फुटबल जितेर रमाइरहेको म जब धोती हार्‍यो भन्ने नारा लाग्यो अनि म स्तब्ध भएँ,’ प्रेमर्षिले भने, ‘पञ्चायतकालदेखि नै हाम्रो राष्ट्रियता पोशाकको दाम्लोमा बाँधिएको छ।’ 

सीमित पोशाक सीमित धर्म र सीमित क्षेत्रको मौलिकता मात्रै नेपाली मौलिकता नहुने सम्पूर्ण जात भाषा धर्मको लिगंको मौलिकता नेपाली मौलिकता हुने प्रेमर्षिको भनाइ छ। 

शुक्रबार ‘ज्ञान-विज्ञान समूह’ले नेपाली मौलिकता कसरी बुझ्ने भन्ने विषयमा भर्चुअल संवाद कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा वक्ताका रूपमा उपस्थित भएका मिथिला संस्कृतिमा विशेष रुचि राख्ने पत्रकारिता र साहित्यमा समेत कलम चलाउँदै आएका प्रेमर्षिको तीतो अनुभव थियो त्यो। कार्यक्रममा सहभागीहरूले मौलिकता मासिँदै गएको भन्दै चिन्ता गरे। केहीले मौलिकतामा आधारित भएर व्यवसायिक बनेर जानुपर्नेमा जोड दिए भने केहीले मौलिकताको नाममा महिला तथा स्थान विशेषका व्यक्तिहरुलाई विभेद गर्न नहुने राय राखे। 

नेपाली मौलिकतालाई कसरी बुझ्ने? नेपाली मौलिकता भनेको के हो? विदेशमा बस्ने नेपालीले आफ्नो मौलिकता कसरी जोगाइरहेका छन्? के मौलिकपन जोगाउँदा जातीय विभेद, लैगिंक विभेद हुन्छ? के सबै नेपालीको एउटै मौलिकता हुन्छ? कि फरक जात र भूगोलपिच्छे फरक हुन्छ मौलिकता? कि समाजपिच्छे फरक हुन्छ मौलिकता? के मौलिकतामा आधारित भएर व्यवसायिक जीवनयापन गर्न सकिन्छ? समृद्धि हासिल गर्न सकिन्छ? लगायतका विषयमा केन्द्रित भएर संवाद कार्यक्रमको आयोजना गरिएको थियो।

प्रेमर्षिका अनुभवमा मौलिकता भन्ने बित्तिक्कै राजा महेन्द्रको याद गर्नेहरु पनि छन्। राजा महेन्द्रले ‘एक देश, एक भेष’ लगायतको नारा फुके। सीमित पोसाक, सीमित धर्म, सीमित जातलाई प्रश्रय दिए। उसो त यो कुराको प्रमाण २०४८ सालपछि भएका जनगणना विविध जातजाति, धर्मको सङ्ख्या बढ्नु र २०४८ सालभन्दा अघि सीमित जात धर्म देखाउने राज्यले केलाई मौलिकता मान्थ्यो प्रष्ट हुन्छ। यद्यपि महेन्द्रलाई मौलिकताको पगरी गुथाउनेहरुको पनि कमी छैन यहाँ। 'अब उनै पञ्चायती बेलाको मौलिकताको परिभाषामा अल्झिनेकी नयाँ परिभाषा खोज्ने? के अब मौलिकताको नयाँ परिभाषा खोज्न ढिलो भएन,' उनको प्रश्न थियो। 

सिद्धान्त र व्यवहारलाई जोड्ने नेपाली मौलिकता 
जरोकिलो अभियानका अभियन्ता एवम् प्रा डा निर्मलमणि अधिकारीका अनुसार मौलिकता मूलतः  नवीन र सिर्जनशील हुन्छ। ‘मौलिकता भनेको आफ्नै छुट्टै हुन्छ। त्यो सिर्जनशील पनि हुन्छ नविनतम पनि हुन्छ,’ अधिकारीले भने, 'मौलिकता आविष्कारसँग जोडिएको हुन्छ। नेपाली मौलिकतामा पनि वैज्ञानिकपन भेटिन्छ। खोज तथा अनुसन्धान भेटिन्छ।’

अधिकारीका अनुसार वैदिक, बौद्ध, बोन, जैन, किराँती परम्परा यहीँबाट सुरु भएको हो। नेपाल बहुभाषिक र बहुजातीय देश भएपनि तर बहुराष्ट्रिय भने नभएको उनको भनाइ छ। ‘नेपाल बहुभाषिक/बहुजातीय देश हो,’ अधिकारीले भने, ‘तर बहुराष्ट्रिय होइन। नेपाली मौलिकता सिद्धान्त र व्यवहारलाई जोड्ने प्रकारको छ सिद्धान्त र व्यवहारलाई फरकफरक बनाउने हैन।’

Ncell 2
Ncell 2
nimb
nimb

लेखक तथा पत्रकार अमृता लम्साल भने मौलिकता भनेको एकदमै ठूलो विषय भएको र धर्म मौलिकताको एक पाटो भएको बताइन्। ‘मौलिकता भनेको धर्म/संस्कृति, मानवशास्त्र, आदिवासी र सभ्यता लगायतका विषयसँग जोडिएको विषय हो,’ लम्सालले भनिन्, ‘मौलिकतालाई धर्मसँग मात्र जोडेर हेरियो भने सानो परिधि हुन आउँछ। त्यसकारण मौलिकतालाई ठूलो परिधिमा राखेर हेर्नुपर्छ।’ 

कवि तथा पत्रकार धीरेन्द्र प्रेमर्षिलाई पनि मौलिकताको परिभाषा पत्रकार अमृता लम्सालसँग मिल्दोजुल्दो नै छ। शासकले कस्तो परिभाषा दिएको छ सोलाई मात्र मौलिकता मान्न नसकिने उनको भनाइ छ। 

‘नेपालमा शासक अनुसार मौलिकता लादिएको छ,’ प्रेमर्षिले भने, ‘सीमित पोशाकमा सीमित भाषामा नेपाली मौलिकता खोजेर भेटिन्न,साघुँरो हुन्छ।’ 

भारतीय टेलिभिजनले ‘डोमिनेट’ गरेको नेपाली संस्कृति 
हामीले पहिले गर्ने कामहरु फेरिदै गएका छन्। ढुगेँधारामा पानी लिन जान देखि हामीले बोल्ने भाषा, पूजापाठदेखि अन्य गतिविधिसम्म छिमेकी देशको प्रभाव परेको प्रष्टै छ। 
नेपालमा धेरै टेलिभिजन कार्यक्रम तथा सिनेमा हिन्दीकै रुचाइन्छ।

अहिले हुर्कँदै गरेका बालबालिकामा त झनै भारतीय संस्कृति र भाषाको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। लेखक तथा पत्रकार अमृता लम्सालले भारतीय टेलिभिजनले नेपाली भाषा र संस्कृतिमाथि ‘डोमिनेट’ गरेको बताइन्। ‘प्रविधिको विकासको रफ्तार ठूलो छ। मेस्सीले फुटबल खेल्दा यहाँ उनको जर्सी बिक्छ,’ लम्सालले भनिन्, ‘खेलमा मात्रै होइन, २४सै घण्टा आउने भारतीय फिल्म र सिरियलले नेपाली संस्कृतिमाथि डोमिनेट गरेको छ।’

मौलिकता जोगाउने महिलाले मात्रै हैन 
लेखक तथा पत्रकार अमृता लम्सालले नेपालको संस्कृति र समाजको इज्जत महिलाले धान्ने जस्तो व्यवहार गरिने गरको बताइन्। ‘यहाँ पुरुषले जनै लगाएको/नलगाएको धोतीपाटो फेरेको/नफेरेको चर्चा हुन्न,’ लम्सालले भनिन्, ‘पौराणिक कथा मिथकलाई बुझ्नेभन्दा पनि पितृसत्तात्मक सोच र व्यवहारले  महिलालाई विभेद गरिएको छ।’

लम्सालका अनुसार नेपाली मौलिकता जोगाउने नाउँमा जात, धर्म, लिगं स्थानविशेषलाई मात्र पाखा नपारी परिवर्तनलाई स्वीकारेर आफ्नोपन हट्न दिन नहुने बताइन्। 

देश फेरिन्छ मौलिकता फेरिन्न 
भारतमा नेपाली भाषालाई संविधानमा नै राष्ट्रिय भाषाको रुपमा स्वीकारिएको छ। तर केही वर्ष अघिसम्म दिल्ली युनिर्भसिटीले अन्य भाषाका विषय लिनेलाई नम्बर काट्ने गरेको थियो। युनिर्भसिटीको नियमअनुसार त्यहाँ पढाइ नहुने विदेशी भाषाको कुनै विषय लिएको खण्डमा विद्यार्थीको केही नम्बर काटिन्थ्यो।

तमिल बंगाली भाषाका विषय पनि दिल्ली युनिर्भसिटीमा पढाइन्नथ्यो। तर अन्य भाषाको विद्यार्थीको नम्बर काटिएन। नेपाली भाषा लिनेहरूको भने नम्बर काटियो। त्यसको एक वर्षसम्म उनीहरुले लेखे/बोले। त्यहाँका मुख्यमन्त्रीलाई भेटेपछि भने अहिले नेपाली भाषा लिनेको पनि नम्बर काटिँदैन। 

श्रद्धा क्षेत्री देश फेरिएपनि भाषाप्रतिको माया र मौलिकता प्रतिको आस्था नघट्ने बताइन्। उनी भन्छिन्, ‘म दिल्लीमा बसेपनि दशैँ मान्छु। तर नेपालमै मान्ने जसरी मान्दिनँ, अग्रेंजी र हिन्दी बढी बोल्छु तर नेपाली भाषा त्यति बोल्न नआएपनि नेपाली हुनुको मौलकिता हामीमा छ।’

मौलिकतामा व्यवसायिकता
प्रा डा निर्मलमणि अधिकारी नेपाली मौलिकता शिक्षा, स्वास्थ्य, अर्थाेपार्जन, राजनीतिदेखि हरेक तहमा आफ्नै पाराको भएको तर  संस्कृति जोगाउने भन्दैमा बेला न कुबेला आफ्नो संस्कृति देखाएर पैसा कमाउन तर्फ लाग्न नहुने बताए। ‘व्यवसायिकताको नाममा होमस्टे खोल्ने पूजा गर्ने नाच्ने र पैसा झार्ने प्रवृत्तिले नेपाली मौलिकता जोगिन्न,’ अधिकारीले भने, ‘अरुको भौतिक सुखसुविधा र मनोरञ्जनको साधन बन्ने होइन मौलिकता।’

नेपाली मौलिकतामा आधारित रहेर कृषि कर्म गरिरहेका कालु हमाल भने नेपाली मौलिकतालाई व्यवसायिकतासँग जोड्नु पर्ने बताउँछन्। ‘मौलिकता संरक्षण र संवर्द्धन आवश्यक पर्छ। जसका लागि रकम आवश्यक पर्छ,’ हमालले भने, ‘व्यवसायिकतामा नलगी मौलिकतालई संरक्षण गर्न सकिन्न। त्यसैले मौलिकता जोगाउन मौलिकतामा आधारित व्यवसाय गर्न पर्छ।’

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्