काठमाडौं- व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या २० लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा २० लाख १० हजार १३४ जनाले व्यक्तिगत प्यान लिएका छन्।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ३६ हजार ६८२ जनाले प्यान लिएका थिए। सरकारले गत आर्थिक वर्षबाट भुक्तानीमा अनिवार्यरूपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गरेसँगै प्यान लिनेको संख्या बढेको हो।
व्यवसायिकतर्फ १३ लाख ७४ हजार ३५४ प्यान जारी भएको छ। यो साउनमा १५ हजार ५ सय २२ वटा नयाँ प्यान जारी भएको थियो।
गत वर्षको सुरुदेखि नै प्यान लिनेको संख्यामा उच्च वृद्धि भएको थियो। अर्थ मन्त्रालयका अनुसार प्यान लिनेको यो संख्या सक्रिय करदाता हुन्। यसैगरी करकट्टी गर्ने निकायहरू ५ हजार ३ सय २३ वटाले पनि प्यान लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।