फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३३६ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका छन्।
१० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीमा ४३ वर्षीय पुरुष, पर्सामा ७८ वर्षीया महिला, काठमाडौंमा ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
भक्तपुरमा ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, तनहुँमा ७६ वर्षीया महिला, स्याङजामा ८५, गोरखामा ४५, कास्कीमा ५१, रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।
आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्।
हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्।
पछिल्लो २४ घण्टामा ८५२ जना निको भएका छन् भने ३७ हजार ५२४ जना हालसम्म निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।