धनगढी- काठमाडौंबाट धनगढी आइरहेको सौर्य एयरलाइन्सको जहाज धनगढी विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किए पनि दुर्घटना हुनबाट जोगिएको छ। अवतरण गर्ने क्रममा चरा ठोक्किएपछि सौर्यको उडान भने पाँच घन्टा प्रभावित भयो।
शुक्रबार दिउँसो पौने १ बजेतिर सौर्य एयरलाइन्सको नाइन-एन-एएमई कलसाइनको जाहज २८ जना यात्रु लिएर धनगढी आएको थियो।
अवतरणका क्रममा चरा ठोक्किए पनि जहाजमा कुनै क्षति भने नभएको धनगढी विमानस्थल प्रमुख छविलाल ठकुल्लाले बताए।
चरा ठोक्किएपछि सो जहाज पाँच घन्टा धनगढी विमानस्थलमै रोकिएको थियो। साँझ ५ बजे काठमाडौंबाट श्री एयरलाइन्समा सौर्य एयरलाइन्सको प्राविधिक टोली धनगढी विमानस्थल आई चेकजाँच गरी कुनै प्राविधिक त्रुटी नदेखिएपछि साँझ पौने ६ बजेतिर जहाजले काठमाडौंतर्फ उडान भरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।