काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन यसै वर्षको अन्त्यसम्म गर्ने निर्णय गरिएको छ।
स्थायी कमिटीको बैठकले चैत २५ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।
'पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ। र त्यसको तयारी सम्बन्धी कामहरुलाई अगाडि बढाउनका निम्ति २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्म पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निष्कर्ष निकालिएको छ', शुक्रबारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
महाधिवेशनको मिति गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पनि निर्णय गरेको थियो। सोही निर्णयलाई स्थायी कमिटीले दोहोर्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।