काठमाडौं- नेपाल स्टक एक्सचेन्जको प्रणालीमा बिहीबार दुई पटक समस्या देखियो। कारोबार सुरु भएको एक घण्टामै समस्या आएपछि सावा दुई बजेसम्म बजार बन्द भयो। बन्द भएको समय थप गर्दै बिहीबार शेयर बजार ५ बजेसम्म सञ्चालन गरिएको हो।
गत साता पनि नेप्सेको प्रणालीमा समस्या आएको थियो। समस्या आएपछि कारोबार समय थप भएको थियो। कारोबार समय थप भएपछि दोस्रो बजारमा उछाल आयो। रोकिएर सुरु भएको केही मिनेटमै बजार २५ अंकभन्दा माथिको सुधार भयो। त्यसपछि केही करेक्सन हुने क्रममा १२.५० अंकको सुधार भएर रोकिएको छ।
नेप्से सूचक ०.८३ प्रतिशतले सुभार भएर १५२०.७१ अंकमा रोकिएको हो। सूचकमा सुधार भए पनि कारोबार रकम भने दुई अर्ब १५ करोड रुपैयाँमै समित भयो। सूचक सुधार हुने क्रममा बिहीबार शेयर बजार ७ महिनायताकै अधिकतम बिन्दुमा पुगेको हो।
यसभन्दा अगाडि फागु्नमा शेयर बजार १६२० अंकसम्म पुगेको थियो। त्यसयता शेयर बजार घटेर ११७८ अंकसम्म झर्यो। लकडाउनको अवधिकमा बजार खुला तल झरेको बजार लकडाउन खुलेयता लगातार सुधार भइरहेको छ।
बिहीबार शेयर बजार व्यापार होटल र म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचक ओरालो झरेका छन्। बिहीबार ५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।