काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ होम आइसोलेसनमा छन्।
११ हजार ४४४ जनाको आज पिसिआर परीक्षण भएसँगै ८ लाख १० हजार ४८५ जनाको परीक्षण भएको छ। हाल ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना निको भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।