काठमाडौं- परराष्ट्र सेवामा रहेका र जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाई सुरु भएको छ।
सरकारले सिफारिस गरेको बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको बिहीबार संसदको संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भएको हो।
सरकारले राजदूतका लागि सिफारिस गरेपछि उनीहरुविरुद्ध सुनुवाई समितले भदौ १२ गते उजुरी आह्वान गरेको थियो। उजुरी खाेल्दै सुनुवाई सुरु गरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।