• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-प्रचण्डले स्थायी कमिटीमा पेस गर्न टुंग्याएको प्रस्तावमा के छ?

64x64
वीरेन्द्र ओली बुधबार, भदौ २४, २०७७  २१:३२
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा लामो समयदेखि चल्दै आएको विवाद प्याकेजमा समाधान खोजिने भएको छ। प्याकेजमा नै विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावबारे स्थायी कमिटी बैठकमा छलफल भएपछि प्याकेजमा सहमति गरी अन्तिम रुप दिन लागिएको हो। कार्यदलको प्रतिवेदनमाथि सचिवालय कमिटीमा छलफल भइसकेको छ।

बुधबार अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधान कार्यदलले दिएका सुझावलाई आधार बनाएर प्याकेजमा सहमति गर्ने गरी स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेका छन्। अध्यक्षद्वय ओली र प्रचण्डले तयार गरेको प्रस्तावमा अध्ययन र सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई पठाइएको नेकपाका एक कार्यदल सदस्यले जानकारी दिए।

कार्यदलले दिएका सुझावमा थप बुँदा समेटेर विभिन्न १५ शीर्षक दिएर पार्टीभित्रको विवाद प्याकेजमा यसरी टुंगो लगाउन थालेको भन्दै थप सुझावका लागि स्थायी कमिटी सदस्यलाई प्रस्ताव पठाएको हो। सुझावका लागि पठाएको प्रस्ताव अध्यक्ष ओली प्रचण्डले हस्ताक्षर गरी १५ बुँदालाई थप व्याख्या समेत गरेर १५ पेज लामो प्रस्ताव सदस्यहरूलाई पठाइएको छ।

जसमा प्रस्तावका बुँदाको पहिलो नम्बरमा पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठन,र एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भनिएको छ।

यस्तै सरकारको कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश र स्थानीय निकायको भूमिकालाई प्रभावकारी बनाउने र नेपालको सीमा समस्या र समाधान सम्बन्धमा छलफल गर्ने भनिएको छ। यस्तै कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी पहिरोबाट सिर्जित प्रकृतिक विपत्तिको सामना, शान्ति प्रकृतिका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन कार्यविधि निश्चित गर्ने र एमसिसीका सम्बन्धमा प्रस्ताव तयार गरिएको छ। 

अध्यक्ष ओली प्रचण्डको कार्यविभाजन थप स्पष्ट
यसअघि कार्यदलले दिएको सुझावलाई थप व्याख्या गरी अध्यक्षद्वय ओली-प्रचण्डको कार्यविभाजन थप स्पष्ट गरिएको छ। अध्यक्ष ओली प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने प्रस्तावमा भनिएको छ। प्रधानमन्त्री ओली पूरै सरकारको काममा केन्द्रित हुने प्रस्तावमा उल्लेख गरिएको छ। यस्तै अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने भनिएको छ।

दुई अध्यक्षात्मक व्यवस्था समझदारी प्रभावकारी कार्यान्वयन नहुँदा शीर्ष नेतृत्वमा तहमा अविश्वास र अन्तरविरोध उत्पन्न भएकाले त्यो अब नदोहोरिने विश्वास लिइएको छ। यस्तै पार्टी सचिवालय,स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गर्ने क्रममा विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा गरिने प्रस्ताव तयार भएको उल्लेख छ।

पार्टी एकताका बाँकी काम असोज मसान्तसम्म पूरा गर्ने 
पार्टी एकता भएको दुई वर्षसम्म एकता हुन नसक्दा विभिन्न समस्या उत्पन्न भएका छन्। तत्काल एकता टुंगो लगाउने भनिए पनि कोरोना महामारीले पर धकलेकाले असोज महिनाभित्रै एकताका बाँकी काम सम्पन्न गर्ने भनिएको छ।

Ncell 2
Ncell 2

पार्टीको केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्युनिस्ट मञ्च, पोलिट ब्यूरो, केन्द्रीय विभाग, प्रदेश र स्थानीय तहका कमिटी, जनवर्गीय संगठनहरु र प्रवास क्षेत्रका संगठनात्मक एकताका काम असोजभित्रै पूरा गर्ने भनिएको छ।

विवादका कारणले अवरुद्ध हुन पुगेको एकीकरण प्रक्रियालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय लिएर सहमतिमा पुग्ने भनिएको छ। यस्तै पार्टीको सम्पति र अभिलेखको समेत एकीकरण तत्काल सम्पन्न गर्ने उल्लेख छ।

मंसिर महिनाभित्रै संगठित सदस्यता नवीकरण गरी सक्नुपर्ने
केन्द्रीय कमिटीले चैत २५ गतेदेखि ३० गतेसम्म एकताको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरी सकेकाले संगठित सदस्यता नवीकरणको काम तत्काल सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। कात्तिक महिनाभित्रै संगठित सदस्यता अद्यावधिकगरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाई सक्नुपर्ने छ।

मंसिर महिनाभित्रै संगठित सदस्यता नवीकरण सम्पन्न गरी सक्नुपर्ने पनि प्रस्तावमा उल्लेख छ। एकता महाधिवेशन सहमतिका साथ विधान बमोजिम पार्टी नीति, विचार, विधि, पद्धति नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ गरिने भएको छ। महाधिवेशनसम्बन्धी कार्ययोजना परित गर्न कात्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठकको आयोजना गरिने उल्लेख गरिएको छ। 

सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजना तयारीका लागि दस्तावेज सस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट र कार्यतालिका लगायत सर्मग कार्ययोजना प्रस्तुत गरिने भएको छ। महाधिवेशनको तयारीसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा पार्टीमा व्यापक बहस, छलफल सञ्चालन गरिने भएको छ। 

संघ र प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन हुने
संघ र प्रदेश सरकारलाई प्रभावकारी बनाउन सरकार आवश्यकताका आधारमा पुनर्गठन गरिने भएको छ। सचिवालयको सुझाव अध्यक्ष ओली प्रचण्डको परामर्श र सहमतिमा संवैधानिक व्यवस्था बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिने भएको हो।

यस्तै मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियूक्ति योग्यता, क्षमता, निष्ठा, निरन्तता, योगदान, राष्ट्रिय दृष्टिकोण सन्तुलन कायम हुने गरी मापदण्ड निर्धारण गरिने भएको छ।   

नेताका नामका प्रतिष्ठान अध्ययन गर्न कार्यदल गठन गर्ने
पार्टी नेताका नाममा सञ्चालित प्रतिष्ठानमा गुटबन्दी मौलाउँदै गएकाले सबै प्रतिष्ठानबारे अध्ययन गर्न कार्यदल गठन गरिने भएको छ। प्रतिष्ठानले आफ्नो गुटबन्दी गर्ने प्रदेश, जिल्ला र स्थानीयतह शाखा गठन गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिइने भएको छ। कार्यदलले एक महिना लगाएर अध्ययन गरी आफ्नो प्रतिवेदन पेस गर्ने प्रस्ताव गरिएको छ।

प्रतिष्ठानमा संलग्न कार्यकर्ताको संलग्नता,आर्थिक स्रोत र क्रियाकलापका विषयमा कार्यदलले अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने छ। नेकपामा एमाले समूहबाट ५ भन्दा धेरै शक्तिशाली प्रतिष्ठान छन्। अरु कार्यकर्ताका नाममा कति प्रतिष्ठान भन्ने विषयमा पार्टीले तथ्यांकसमेत राखेको छैन। प्रतिष्ठानका नाममा अनावश्यक आर्थिक चलखेल गर्नुका साथै पार्टीमा गुटबन्दी झांगिदै गएपछि अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्ताव गरिएको हो।   

परिमार्जन र संशोधनपछि एमसिसी अनुमोदन
लामो समयदेखि नेकपामा विवाद हुँदै आएको अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) लाई परिमार्जन र संशोधन गरेर अनमोदन गर्ने प्रस्ताव गरिएको छ। एमसिसी प्रोजेक्टको ५५ अर्ब रुपैयाँ राष्ट्रिय हितमा रहेको स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गरिने भएको छ। केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले दिएको सुझाव दिइसकेकाले पार्टी स्थायी कमिटी र सचिवालय बैठकमा एमसिसीका विषयमा छलफल हुने भएको छ।

यस्तो छ, अध्यक्षद्वयको प्रस्ताव

यस्तो छ, कार्यदलको प्रतिवेदन

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए । बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो उनले कांग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई सहभागी हुनका ला... बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्