काठमाडौं- उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि खुकुलो बनाउने निर्णय गरेका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाको आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यवस्थित गर्ने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइने बताए। अन्य व्यापार \ व्यवसाय पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोल्न पाइनेछ।
उपत्यका बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनका हकमा यसअघिकै निर्णय लागू हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।