फाइल फोटो
काठमाडौं- नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डा तय गरेका छन्।
बिहान बजेदेखि ११ बजेदेखि साढे दुई बजेसम्म चलेको ओली प्रचण्डबीचको छलफलले स्थायी कमिटी बैठकमा पेस हुने एजेन्डाका विषयमा फाइनल गरेको हो।
दुई अध्यक्षले तय गरेको एजेन्डा सबै स्थायी कमिटी सदस्यहरूलाई पठाइने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा यसअघि कार्यदले पेस गरेका एजेन्डासहित अरु थप एजेन्डासमेत समावेश हुने सक्ने बताइएको छ।
बैठकमा कुन-कुन एजेन्डा पेस गर्ने भन्ने विषय सार्वजनिक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।