• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुशान्त सिंह प्रकरण : नयाँ होइन मिडिया ट्रायलको चलन, यी हुन् प्रसिद्ध पाँच मुद्दा

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०७७  २२:१२
1140x725

एजेन्सी-भारतीय मिडियाका लागि बहस गर्न अनेक विषय छन्। सबैभन्दा पेचिलो विषय त कोरोना महामारीबाट प्रताडित हुने विश्वको दोस्रो देश बनिसकेको छ। यही क्रम बढ्दै गयो भने पहिलो हुन धेरै समय कुर्नुपर्ने छैन।

कोरोना भाइरस संक्रमित ७२ हजारभन्दा बढीको ज्यान गइसकेको छ। तर यी हजारौंको मृत्यु र लाखौं संक्रमितको विषय भारतीय मिडियाले तपसिलमा राखिदिएका छन्। उनीहरु यतिबेला बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युका पछि दौडेका छन्। 

के राजपुतको आत्महत्याका विषयमा कोही संग्दिग्ध वा अभियुक्त छ? यसको संक्षिप्त उत्तर हो-अहिलेसम्म छैन। तर अधिकतर मिडिया रिया चक्रवर्तीतर्फ इशारा गरिरहेका छन्।

केही टिभी प्रस्तोता र सामाजिक सञ्जालका ट्रोलले उनलाई बिना कुनै आरोपकी दोषी करार गरिदए। आधिकारिक सूचनामा आधारित रिपोर्टिङको सट्टा मिडियाको एउटा समूहले यसलाई सर्कसमा परिणत गरिदए। २८ वर्षीय एक महिलाका विरुद्ध जज र जुरीको भूमिका निर्वाह गर्ने कोशिस गरिरहेका छन्।

रिया

चिन्ताको विषय यो हो कि यो कुरा परम्परागत टिभी, समाचार पत्र र आधुनिक सामाजिक सञ्जालबिना रोकटोक चलिरहेको छ।

भारतीय पत्रकार राकेश भटनागर एक अनुभवी पत्रकार हुन्। उनले पछिल्ला चार दशकमा उच्च न्यायालयका सयौं हाइ प्रोफाइल केसमा रिपोर्टिङ गरेका छन्। उनी भन्छन्, 'सुशान्तको मृत्युमा अनुसन्धान गरिरहेका तीन केन्द्रीय एजेन्सीकै जाँच अहिले रिया चक्रवर्तीमा केन्द्रीत छ। यो केसमा हालसम्म कोही आरोपी छैन। मिडियाले अत्याचार बन्द गर्नुपर्छ। सिबीआइ र अन्य एजेन्सीले रिया र उनको परिवारसँग केही सोधपुछ गरे पनि आरोपित ठानेर होइन।'

भटनागर भारतीय पत्रकारिताको अवस्थाप्रति खेद प्रकट गर्छन्। उनका अनुसार मिडिया परीक्षण एक सामान्य कुरा भइसक्यो। उनको स्वीकारोक्ति छ-भारतमा मात्रै होइन, यो वैश्विक समस्या बनिरहेको छ। 

Ncell 2
Ncell 2

सुशांत सिंह राजपूत

बेलायतको अक्सफोर्ड विश्वविद्यालस्थित रोयटर्स इन्स्टिट्युट फर द स्टडी अफ जर्नालिज्मका एशोसियट डाइरेक्टर क्याथलिन मर्सर आत्महत्याको विषयमा रिपोर्टिङ गर्दा सावधानी अपनाउनुपर्ने बताउँछन्। उनी भन्छन्, 'कुनै पनि जिम्मेवार सञ्चारमाध्यमले यसबारे समाचार बनाउनुअघि तीन कुरामा ध्यान दिन जरुरी हुन्छ। दु:ख र आघातबाट गुज्रिरहेका आफन्तप्रति संवेदनशील देखिनु, आमजनप्रति जिम्मेवार देखिनु र यो आत्महत्याको रिपरोर्टिङका कारण अरु कसैले आत्महत्या नगरोस्।'

नेटफ्लिक्समा 'ट्रायल बाइ मिडिया' नामक ६ भागको एक नयाँ शृंखला छ। जहाँ प्रसिद्ध ६ घटनालाई चित्रण गरिएको छ। यो शृंखलाबाट थाहा हुन्छ कि यी विषयलाई कसरी मिडियाले सनसनीखेज बनाए र कतिको करिअर र प्रतिष्ठा धुलिसात गरिदिए। मिडिया ट्रायल अब दोधारे तलवार बनिसकेको छ। परम्परागत मिडियाका अलावा आमजनलाइ सामाजिक सञ्जालको सनसनीखेजसँग पनि लड्नु परिरहेको छ। जसको ताजा उदाहरण रिया चक्रवर्ती हुन्।

नेटफ़्लिक्स

विश्वका पाँच प्रसिद्ध मिडिया ट्रायलका उदाहरण 
ओ.जे. सिम्पसन मिडिया ट्रायल

अमेरिकाको राष्ट्रिय फुटबल लिगका प्रसिद्ध खिलाड़ी ओ.जे. सिम्पसनले गरेको भनिएको हत्याको विषयलाई ट्रायल अप द सेन्चुरी भनिन्छ।

३ अक्टोबर १९९५मा सिम्पसनको मुद्दामा गरिएको फैसलाको अमेरिकीमा कोर्ट रुमबाटै लाइभ गरियो। जसलाई १० करोड भन्दा बढीले हेरे। उनका विरुद्ध उनी पूर्व पत्नी निको ब्राउन सिम्पसन र उनका साथी रोनाल्ड गोल्डम्यानको हत्याका विषयमा मुद्दा चलेको थियो। तर जुरीले सिम्पसनलाई आरोपबाट मुक्त गरिदए।

ओ.जे सिम्पसन

ट्रायलका समयमा मिडियामा लगतार अपुष्ट समाचार र फेक समाचार छापिएका कारण जजलाई जुरी सदस्य पटक–पटक बदल्नुपर्‍यो। कति समय सुनुवाइ स्थगित गर्नुपर्‍यो।

ती जज भन्छन्– जुरीका कति सदस्यलाई फैसलामा बढी नै रुची थिये। त्यही कारण मिडियामा अन्तर्वार्ता दिएर विचार प्रकट गरे। जसले फैसलामा असर पर्न सक्थ्यो। कति साक्षी मिडियाका खबरबाट धेरै प्रभावित भएको पाइयो।

बेलायतमा डा डेभिड केलीको मिडिया कभरेजपछि मृत्यु
मे २००३ मा बीबीसीको एक रिपोर्टले इराकसँग सामूहिक विनासका हतियार रहेको सरकारको दाबीको खण्डन गरिदयो।  

हतियार विशेषज्ञ डा डेभिड केलीलाई यो खबरकी स्रोत भनेर थाहा पाएपछि यसलाई खुब उछालियो। बिबिसीले आफ्नो स्रोत सार्वजनिक गरे तर त्यसपछि पनि डा केली तनावमा रहे।  

डेविड केली

त्यसपछि डा केलीले संसदीय समितिमा दिएका प्रमाण दिएर उनले आफूले खबर सार्वजनिक नगरेको भन्दै खण्डन गरे। आफ्नो तर्फबाट स्पष्ट पारेको भोलिपल्ट उनी एक सुनसान इलाकामा मृत भेटिए। उनको मृत्युको जाँचपछि आत्महत्या गरेको देखियो। तर कतिपय अहिले पनि उक्त जाँचमाथि सन्देह प्रकट गर्छन्।  उनको मृत्युपछि बिबिसीले डा केली नै उक्त खबरको  स्रोत भएको बतायो। मिडियाले पूरै अपमान गरेका कारण उनी तनावग्रस्त रहेको उनकी पत्नीले बताइन्।

लोरेना बोबिट केस
यो अनौठो मुद्दा थियो। जसका कारण यसमा धेरै मिडिया कभरेज देखियो। अमेरिकामा सन् १९९३ मा घरेलु दुर्व्यवहारकी शिकार लोरेना बोबिटको मिडिया ट्रायल भएको थियो। उनले भर्जिनियामा आफ्ना पति जोन वेन बोबिटको लिङ्ग काटिदिएकी थिइन्। जसलाई आफ्नो कारको झ्यालबाट बाहिर फालेकी थिइन्। 

लोरेना

उनको दाबी के थियाे भने उनका पतिले विवाहपछि भावनात्मक, शारीरिक र यौन शोषण गरे। विशेषज्ञको  विचारलाई ध्यानमा राखेर जुरीले उनलाई मुक्त गरिदिए। उनका श्रीमानको काटिएको लिङ्ग खोजियो र उनको शरीरमा जोडेर फेरि सामान्य यौनजीवनमा फर्काइएको थियो।

रोडनी किङमाथि प्रहरी पिटाइ
सन् १९९१ मा अमेरिकाको लस एन्जलस सहरमा काला जातिका रोडनी किङलाई गोरा जातिका प्रहरीले पिटे। जसलाई एक बटुवाले आफ्नो क्यामेरामा कैद गरेका थिए।  

LA Riots 25 years later: Timeline of the Rodney King beating and LAPD  officers' trial – Daily News

रोडनी बाँचे। तर चोटग्रस्त टाउको, भाँचिएका दाँत र विचलित आत्मासहित। उनका परिवारका अनुसार उनी मानसिक र मनोवैज्ञानिक रुपमा सधैंका लागि कमजोर बनिसकेका थिए। उनको मृत्यु सन् २०१२ मा ड्रग कुलतका कारण भयो। उनीमाथि खुलमखुल्ला गरिएको पिटाइको प्रहरीविरुद्ध गरिएको मुद्दाको सुनुवाइलाई विश्वभरका मिडियाले प्रसारण गरे। तर प्रहरीले सफाइ पाए। 

जबकि अदालतभन्दा पहिले नै मिडियाले प्रहरीलाई दोषी करार गरेर फैसला सुनाइदिएका थिए। जब अदालतले सफाइ दियो दुनियाँभर खलबली मच्चियो। 

यसका कारण सहरमा पाँच दिन आगजनी, लुटपाट र गोलाबारी भयो। जसमा ५४ जना मारिए।

स्कट पिटरसनको मुद्दा
स्कट पिटरसन नामका एक अमेरिकी, जसमाथि आफ्नी गर्भवति पत्नीको हत्या गरेको आरोप लगाइएको थियो। उनी आफ्नी श्रीमती र वैवाहिक जीवनबाट मुक्ति पाउन चाहन्थे भनिन्थ्‍यो। मुद्दा विचाराधीन अवस्थामा रहँदा उनी आफ्नी श्रीमतीकाे परिवारलाई सहयोग गरिरहे र पैसा पठाइरहे। 

Scott Peterson is escorted by two San Mateo County sheriff's deputies to a van March 17, 2005, in Redwood City, Calif. The state Supreme Court overturned the death sentence for Peterson in the slaying of his pregnant wife.

मुद्दा चलिरहेका बेला पनि एक आदर्श पतिको छवि कायम राख्ने कोशिस गरिरहे। यो हाइ प्रोफाइल मुद्दामा मिडियाले पहिले नै अपराधी सावित गरिदिएका थए। जबकि उनी आफू निर्दोष रहेको भन्ने विषयमा जोड दिइरहे।

मिडियामा यो मुद्दालाई लिएर धेरै हल्लाखल्ला मच्चियो। आखिरमा जुरीले उनलाई दोषी ठहर्‍यायो। उनका साथी र समर्थकको भनाइ थियो कि मिडियाले फैसलाभन्दा पहिले नै हत्याराका रुपमा पेश गरिदिए। जसको प्रभाव जुरी र साक्षीमा पर्‍यो।

(बिबिसी हिन्दीबाट अनुदित)

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  २२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार, चैत ११, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने मंगलबार, चैत १०, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्