काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। उनले दिएको स्वाबको नमूनाको पोजेटिभ रिपोर्ट मंगलबार आएको र यसमा आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्।
'आज गरिएकाे परीक्षणका क्रममा मलाई काेराेना संक्रमण पुष्टि भएकाे छ। हाल मलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएको छैन,' उनले भनेका छन्।
चिकित्सककाे सल्लाहअनुसार हाल हाेम आइसाेलेसनमा बसेकाे समेत उनले जानकारी दिएका छन्।
स्टार अस्पतालमा गरिएको नमुना परीक्षणमा उनको शंकास्पद रिपोर्ट आएको थियो। यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिइएको छ।
आफूलाई संक्रमण पुष्टि भएसँगै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सचेत रहन र परीक्षण गराउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।