काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार २८७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३२ हजार ९६४ निको भएको र यो कुल संक्रमितको ६८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल १४ हजार ८६८ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेनमा छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्।
आज १० हजार ६११ को पिसिआर परीक्षण गरिएको छ। यसमध्ये ९०२ पोजेटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।