काठमाडौं-रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आजदेखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै आज प्रि-ओपनिङ सेसनका लागि कारोबार खुला गरिएको हो। प्रि-ओपनिङ सेसनमा कारोबार भयो भनेमात्रै नियमित रुपमा कारोबार हुन सक्नेछ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबार न्युनतम १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँदेखि सुरु हुनेछ। यदि अधिकतम ३२२ रुपैयाँबाट कारोबार भएमा आज सर्किट लाग्दा पनि अधिकतम ३२ रुपैयाँ बढ्नेछ।
कम्पनीले गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारण तर्फको ६३ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो। यसको ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषलाई बिक्री गरिएको थियो। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि जारी गरिएको थियो।
सर्वसाधारणका लागि जारी भएको उक्त शेयरबाट ५ लाख ६७ हजार लगानीकर्ताले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए। आजदेखि उनीहरुले शेयर बिक्री गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।