फाइल फोटो
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ।
सोमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहितको छलफलमा बैठकको सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी गराएका छन्।
‘नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ’, थापाले लेखेका छन्।
साउन १३ गते अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल पक्षको बालुवाटारमै बेग्लै बैठक बसेको थियो।
साउन १३ गते बसेको बैठकमा ओली पक्षका कोही नेता सहभागी थिएनन्।
नेकपाको स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।