बाबियाचौर– म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २ सय वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ।
बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन्। तत्कालीन समयमा सिँचाइ, गाईवस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए।
पानीको स्रोत संरक्षणसँगै पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले पोखरीको संरक्षण गरिएको वडाध्यक्ष टेकबहादुर रावलले बताए। १ सय मिटर लम्बार्इ, ७० मिटर चौडार्इ र पाँच फिट गहिरार्इ भएको पोखरी पुनःनिर्माणका लागि गत वर्ष भूसंरक्षणले १ लाख रुपैयाँ र नगरपालिकाले ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएका थिए।
स्थानीयवासीले पोखरी संरक्षणमा चासो दिएकाले यस वर्ष पनि बजेटको व्यवस्था गरिएको वडाध्यक्ष रावलले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।