काठमाडौं- देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
आइतबार १७ हजार २७ जना सक्रिय संक्रमितमध्ये ७ हजार ८ सय २६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। बाँकी भने संस्थागत आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ३ हजार ५ सय जना होम आइसोलेसनमा छन्।
त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार ३ सय ३६, प्रदेश १ मा ७ सय ४३, प्रदेश ५मा ९ सय ७८, सुदूरपश्चिम प्रदेशमा १२६, गण्डकी प्रदेशमा १०० र कर्णाली प्रदेशमा ४३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।