काठमाडौं- पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म २७ हजार १२७ जना संक्रमणमुक्त भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। होम आइसोलेसन तथा अस्पताल वा संस्थागत आइसोलेसनबाट उनीहरू संक्रमणमुक्त भएको उनले बताए।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको प्रवक्ता डा गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय १ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ४५ र भक्तपुरमा ३७ संक्रमित थपिएका हुन्।
हाल देशभर १७ हजार ८७० जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८६६ जना संस्थागत आइसोलेसनमा रहेको डा गौतमले जानकारी दिए। हाल ८ हजार ४ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको परीक्षण भएको छ। हालसम्म ७ लाख ५७ हजार ९६३ जना परीक्षण भएको छ। हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।