जाजरकोट- जाजरकोट जिल्लामा ९६ वटा गिद्ध रहेको पाइएको छ। जिल्लामा विश्वमै दुर्लभ मानिने सुन गिद्ध ४, सेतो गिद्ध ६, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध ८ र राज गिद्ध २ वटा फेला परेको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए। गिद्धका साथै गुँडको पनि गणना गरिएको थियो।
जिल्लामा सुन गिद्धका एक, सेतो गिद्धका तीन, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका ३ वटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए।
प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको हो। जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको सिंहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।