• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड-१९ विरुद्धको खोप पत्ता लागेपछि आपूर्ति तथा खरिदको नेतृत्व गर्दै युनिसेफ

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १९, २०७७  २२:१९
1140x725

काठमाडौँ- युनिसेफले कोभिड-१९ को खोप आपूर्ति तथा खरिदको नेतृत्व गर्ने भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप पत्ता लागिसकेपछि खरिद र आपूर्तिको नेतृत्व गर्ने जानकारी दिएको हो। युनिसेफका अनुसार यो हालसम्मकै उच्च परिणाममा समेत हुनेछ।

गाभीले नेतृत्व गरेको कोभिड-१९ खोपमा विश्वको पहुँच सुविधाले तयार पारेको विश्वव्यापी खोप आपूर्ति योजना अन्तर्गत कोभिड-१९ विरुद्वको खोप खरिद तथा वितरण पहलको नेतृत्व युनिसेफ गरिरहेको छ। जुन सम्भवत: खोपको खरिद एवं वितरण सम्बन्धी आफैंमा विश्वकै ठूलो तथा तीव्र प्रक्रिया हुनेछ,' युनिसेफले जारी गरेको सूचनामा भनिएको छ।

विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा युनिसेफले कोभाक्स सुविधाको तर्फबाट न्यून  तथा न्यून मध्यम आय भएका ९२ वटा देशहरूका लागि पिएएचओ कोषसँगको सहकार्यमा कोभिड-१९ विरुद्वको खोप खरिद गरी आपूर्ति गर्ने भएको हो। उक्त प्रक्रियामा गाभी कोभाक्स एएमसीका साथै मानवीय आपत्कालमा उपयोगको लागि संक्रमणकालीन मौज्दात मार्फत संयन्त्रको सहयोग रहनेछ। साथै, उच्च आय भएका ८० वटा देशहरूले गर्ने खरिद कार्यमा पनि युनिसेफले खरिद संयोजकको रूपमा सघाउनेछ।

उल्लेखित कार्यहरूको लागि युनिसेफले विश्व स्वास्थ्य संगठन, गाभी, सिईपिआई, पिएएचओ, विश्व बैंक, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन तथा अन्य साझेदारहरूसंग सहकार्य गर्ने जनाइएको छ। निकट भविष्यमै उपलब्ध हुने कोभिड-१९ विरुद्वको खोप प्राप्त गर्नबाट कुनै पनि देश बन्चित हुनु नपरोस् भनी कोभाक्स सुविधा सबै देशहरूका लागि खुल्ला रहेको छ।  

'कोभिड-१९ विरुद्व उच्च तहको लडाइँलाई जारी राख्नको लागि सरकारहरू, उत्पादकहरू तथा बहुपक्षीय साझेदारहरूको बीचमा भएको यो एउटा अत्यन्तै बहुपक्षीय साझेदारी हो,' युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, 'खोपका लागि सामूहिक प्रयास भइरहेको छ। उपलब्ध हुनासाथ सबै देशहरूले सुरक्षित, छिटो र समान वितरणको आधारमा खोप प्राप्त गर्नेछन् भन्ने सुनिश्चित गर्नको लागि युनिसेफले खोप आपूर्ति कार्यमा रहेको आफ्नो क्षमतालाई भरपुर उपयोग गरिरहेको छ।'

युनिसेफ करिब १०० देशहरूको तर्फबाट नियमित खोप कार्यक्रमसहित महामारीको समयमा खोप उपलब्ध गराउनको लागि वार्षिक २ अर्बको संख्यामा खोप खरिद गर्ने विश्वकै ठूलो खरिदकर्ताको रूपमा रहेको छ। खोपसम्बन्धी सहकार्य संजाल गाभीको मुख्य खरिद साझेदारको रूपमा रहेको युनिसेफले विगत २० वर्षमा ७६ करोड भन्दा बढी बालबालिकाहरूका लागि खोप उपलब्ध गराउँदै १ करोड ३० लाख भन्दा बढीलाई मृत्यु हुनबाट जोगाएको छ। आफ्नो बजार विश्लेषण तथा खरिद कार्य सम्बन्धी विज्ञताको उपयोग गर्दै युनिसेफले कोभाक्स सुविधाको लागि कोभिड-१९ विरुद्वको खोप खरिद एवं आपूर्ति कार्यको लागि समन्वय गर्नेछ। यससँगै युनिसेफले अहिले सम्म खरिद गरेको खोपको कुल संख्या भन्दा दोब्बर खरिद २०२१ मै गर्ने सम्भावना रहेको छ। 

कोभाक्स सुविधाको तर्फबाट जुन महिनामा युनिसेफले आशय-पत्र आह्वान गरेकोमा विभिन्न १० वटा देशहरूमा उत्पादनको क्षमता रहेका २८ वटा उत्पादकहरूले २०२३ सम्मको वार्षिक उत्पादन योजना प्रस्तुत गरेका छन्। खोपका उत्पादकहरूले प्रस्तुत गरेको समयरेखालाई हेर्दा खोपको विकासदेखि उत्पादन चरण सम्मको समयावधि वैज्ञानिक अनुसन्धान तथा उत्पादनको क्षेत्रमा इतिहासकै तीव्र प्रगति हुन सक्छ। 

खोप उत्पादकहरूले उपलब्ध गराएका तथा सार्वजनिक रूपमा उपलब्ध तथ्यांकलाई एकीकृत गरि युनिसेफले सञ्चालन गरेको बजार अध्ययन अनुसार आगामी १-२ वर्षभित्रै उत्पादकहरूले सामुहिक रूपमा अभुतपुर्व संख्यामा खोप उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ। यद्यपि, ठूलो मात्राको उत्पादनलाई सार्थक रूप दिनको लागि आवश्यक पर्ने आर्थिक लगानी धेरै हदसम्म चिकित्सकीय (क्लिनिकल) परीक्षणको सफलता, खरिदका लागि गरिने अग्रिम सम्झौता, आर्थिक सहयोगको निश्चितता, तथा नियमनकारी एवं दर्ता प्रक्रिया लगायतका कुराहरूमा निर्भर रहने संकेत गरेका छन्।    

Ncell 2
Ncell 2
nimb
nimb

साथै उक्त अध्ययनले  एसिटी एक्सिलेरेटर इनिसिएटिभको मुख्य स्तम्भको रूपमा रहेको कोभाक्स सुविधाको डिजाइन तथा उद्देश्यको सन्दर्भमा उत्पादकहरूको प्रतिक्रिया पनि चित्रण गरेको छ। एसिटी एक्सिलेरेटर इनिसिएटिभ सबै स्तरका आय भएका देशहरूमा व्याप्त कोभिड-१९ महामारीलाई सम्बोधन गर्नको लागि खोप, परीक्षण तथा उपचार सामाग्रीहरूको विकास तथा समान वितरणलाई थप गति प्रदान गर्नको लागि हालसालै  शुरू गरिएको एउटा नयाँ विश्वव्यापी सहकार्य हो।   

हाल विश्व स्वास्थ्य संगठनले तयार पार्ने क्रममा रहेको कोभिड-१९ वितरण प्रारूपले युनिसेफ, पिएएचओ तथा खरिदकर्ताहरूले सहभागी देशहरूको तर्फबाट सुविधाले उपलब्ध गराउने निश्चित गरेको कोभिड-१९ विरुद्वको खोप कसरी र कहाँ आपूर्ति गर्ने भन्ने सम्बन्धमा मार्गनिर्देशन प्रदान गर्नेछ। प्रारम्भिक चरणमा देशहरूलाई उपलब्ध गराइने खोप स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ताहरूलाई लगाइने अपेक्षा गरिएको छ भने त्यस पछि क्रमश: कोभिड-१९ को उच्च जोखिममा रहेका मानिसहरूलाई लगाउनको लागि उपयोगी रहनेछ।   

'गाभीको दुई दशकको सफल यात्रामा  युनिसेफ अत्यन्तै महत्वपूर्ण साझेदारीको रूपमा रहँदै आएको छ र यो साझेदारी मार्फत, विश्वको आधा भन्दा बढी जनसंख्यासम्म जीवन बचाउने खोपहरू उपलब्ध गराइसकिएको छ,' गाभीका प्रमुख कार्यकारी अधिकृत डा. सेठ बर्कलीले भने, 'यो विज्ञता तथा अनुभव सुरक्षित तथा प्रभावकारी कोभिड-१९ खोपलाई तीव्र रूपमा खरिद तथा वितरण गर्ने विश्वव्यापी पहल कोभाक्सले विश्वको जुनसुकै कुनामा बसोबास गर्ने उच्च जोखिममा रहेका मानिसहरूलाई बचाउनका लागि महत्वपूर्ण हुनेछ। हामी सबै मिलेर यो महामारीले मानिस, समुदाय तथा अर्थतन्त्र पार्ने असरलाई अन्त्य गर्न सकिन्छ।'

युनिसेफ, गाभी, विश्व स्वास्थ्य संगठन र पिएएचओले साझेदार तथा विभिन्न देशका सरकारहरूसंगको सहकार्यमा देशहरूमा खोप उपलब्धताको तयारी सम्बन्धमा अत्यन्तै महत्वपूर्ण हुने निम्न तयारीहरू गरिरहेका छन्:  

Xtrem

Xtrem
  • खोपको लागि आवश्यक पर्ने सुरक्षित सुई तथा चिसो राख्नको लागि आवश्यक उपकरणहरूका लागि सम्बन्धित उत्पादकहरूसंग सहकार्य;
  • विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा खोप सम्बन्धी नीति तथा खोपको उचित ओसारपसार, भण्डारण र वितवरण सम्बन्धी निर्देशिका एवं तालिमहरूको विकास;
  • सम्बन्धित देशहरूको लागि खोप छुट्ट्याएपछि छिटो तथा सुरक्षित रूपमा पुगोस् भन्नको लागि आवश्यक ढुवानी र बन्दोबस्तीका सम्बन्धमा उत्पादकहरूसंग सहकार्य;
  • सबै भन्दा जोखिममा रहेका मानिसहरूको लागि खोप लक्षित गर्ने र ढुवानी तथा भण्डारणको योजनाका लागि देशहरूलाई सहयोग;
  • मानिसहरूलाई कोभिड-१९ विरुद्वको खोप लगाउने प्रक्रियाका बारेमा जानकारी गराउन र कोभिड-१९ विरुद्वको खोप प्रति विश्वास बढाउँदै त्यसको बारेमा गलत सूचना प्रसार हुनबाट रोक्नको लागि नागरिक समाज तथा स्थानीय साझेदारसंगको सहकार्यमा आवश्यक पहल गर्न ।

कोभिड-१९ खोपको लागि अग्रिम रूपमा गाभीले गरेको प्रतिवद्वतामा सहभागी हुनको लागि गत भाद्र ४ मा नेपालले पेश गरेको आशय-पत्र प्राप्त गरेको कुरा गाभी सचिवालय र कोभाक्स सुविधाले पुष्टि गरेका छन्।

यो अग्रिम प्रतिबद्धता कोभिड-१९ विरुद्वको खोपका लागि आधिकारिक  विकास सहायता (ओडिए) द्वारा सहयोग प्राप्त आर्थिक सहयोग कार्यक्रम हो।  

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  २२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्