काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ५९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मकै उच्च संक्रमण संख्या हो। ४ सय ६४ महिला र ८ सय ९५ पुरुष संक्रमित भेटिएका हुन्।
प्रदेश १ को उदयपुरमा ओखलढुंगा र खोटाङमा २/२, झापामा २८, मोरङमा ७६ र सुनसरीमा ३९ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रदेश २ को धनुषामा ४३, पर्सामा २७, बारामा २१, महोत्तरीमा ४६, रौतहटमा २, सप्तरीमा २६, सर्लाहीमा ८० र सिरहा १ जना कोरोना संक्रमि पुष्टि भएका छन्।
बागमती प्रदेशको काठमाडौंका ३ सय ८६, काभ्रेपलाञ्चोक ७, चितवनका ८२, दोलखाका २ धादिङका १९, नुवाकोटका ५,भक्तपुरका ३६, मकवानपुरका १८, रसुवा १, रामेछापका १३, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशको कास्कीमा २०, गोरखामा २६, तनहुँमा १२, नवलपरासी पूर्वमा २८, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा १ र स्याङजामा ३ जना कोरोना भेटिएको छ।
यस्तै, प्रदेश ५ को कपिलवस्तुमा ७, गुल्मीमा २, दाङमा ७, पाल्पामा ६, बर्दियामा १४, बाँकेमा ४८, रुकुम पूर्वमा १ र रुपन्देहीमा ४४ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
कोराना पुष्टि हुनेमा कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २१ दैलेखमा ९, सल्यानमा १ र रुकुम पश्चिममा १, सुदूरपश्चिम प्रदेशको अछामका १, कञ्चनपुरका ५, कैलालीका ५२, डोटीका ४, दार्चुलाका ३,बझाङका ४ र बैतडीका ३ जना छन्।
कुल संक्रमितमध्ये १८ हजार ४ सय ९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ६ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ४५ हजार ४ सय ९० पुगेको छ। नेपालमा हाल ६ हजार ५ सय ६१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।