काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १३५४ जनामा कोरोना संक्रमणमुक्त भएका छन्। २४ घन्टामा देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५ हजार ५६१ जना पुगेको छ। यो कुल संक्रमितको ५८ प्रतिशत हो।
नेपालमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा ४ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।काठमाडौंका मात्र ३ जना महिलाको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ जना पुगेको छ।
हाल देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा छन् भने १० हजार ९४२ जना संस्थागत आइसोलेसनमा छन्। १३ हजार ६३८ जना पिसिआर परीक्षण भएको छ भने हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।