काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ४ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३८६, ललितपुरमा ३६ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्। हालसम्म काठमाडौंमा ५ हजार६सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।
हाल देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा छन् भने १० हजार ९४२ जना संस्थागत आइसोलेसनमा छन्। १३ हजार ६३८ जना पिसिआर परीक्षण भएको छ भने हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १३५४ जना निको भएका छन्। यो सँगै २५ हजार ५६१ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ५८ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।