काठमाडौं- राजधानीको गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी उनको शरीर र टाउको छुट्टाछु्ट्टै स्थानमा फ्यालेको अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश विनाेदकुमार पाेखरेलकाे इजलासले यस्ताे आदेश गरेकाे हाे। अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश गरेकाे छ।
बोहरा हत्या मुद्दामा भएको थुनछेक बहसपछि अदालतले कल्पनालाई थुनामा राख्ने आदेश दिएको हाे भने छोरीलाई सुधार गृह पठाइएको हो।
काठमाडौं जिल्ला अदालतका अनुसार कल्पनालाई केन्द्रीय कारागार र उनकी छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले बिहीबार आदेश दिएको थियाे। आदेश शुक्रबार मात्र तयार भएर पठाइएकाे छ।
रोल्पाका कृष्णबहादुरको गत २४ साउनमा हत्या भएको थियो। उनको शव घाँटी काटिएको अवस्थामा गोंगबुमा फेला परेको थियो। शरीरको भाग सुटकेसमा राखेर फ्यालेको र टाउको केही पर भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।