काठमाडौं-धादिङमा एक व्यक्तिको हत्या गरी टाउको काटेर झोलामा लिएर एक व्यक्ति प्रहरी कार्यालय पुगेका छन्।
गएराति १ बजे झोलामा मान्छेको टाउको लिएर जिल्ला प्रहरी कार्यालय धादिङमा एक व्यक्ति आएको धादिङका एसपी रवीन्द्र रेग्मीले बताए।
टाउको झोला लिएर आउने व्यक्ति नीलकण्ठ नगरपालिका १३ का २३ वर्षीय राजु परियार हुन्। उनले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरी टाउको झोला बोकेर प्रहरी कार्यालय गएर आत्मसर्मपण गरेका हुन् ।
मृत्यु संस्कारको १३ दिने कर्मकाण्डको प्रसाद खाएर फर्किएका सोमबहादुर राजुको घर अगाडि राति १० बजे पुगेका थिए। यति राति कहाँ हिँडेकोे भन्दै राजुले सोधको र सोमबहादुरले जिस्केर ‘तेरो श्रीमती भेट्न आएको’ भनेपछि उनीहरुबीच झगडा सुरु भएको प्रहरीले जनाएकाे छ। त्यसपछि राजुले घरबाट खुकुरी ल्याएर सोमबहादुरको हत्या गरेको पाइएकाे प्रहरीले जनाएको छ।
वृद्धको हत्यामा पछि राजु हिँड्दै राति १ बजे टाउको र खुकुरी लिएर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले हत्या गरिएको ठाउँमा गएर मुचुल्का उठाउने काम गरेकाे छ भने शवलाई धादिङवेसी ल्याएर पोष्टमार्टम गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।