काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९१७ जनामा कोरोना संक्रमणमुक्त भएका छन्। २४ घन्टामा देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ हजार २०७ जना पुगेको छ।
हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्।
१३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।