काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका हुन्। हालसम्म काठमाडौंमा ५ हजार६सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।
हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्।
१३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमणमुक्त भएका छन्। योसहित २४ हजार २०७ जना निको भएर घर फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।