काठमाडौं-नेपालमा कोरोनाबाट १० वर्षमुनिका बालकदेखि ८० वर्षमुनिका ज्येष्ठ नागरिक पनि संक्रमित भएका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा ८० वर्षमुनिका १ सय ३८ जना संक्रमित भएका छन्। नेपालभर भने कूल संक्रमितको संख्या ४१ हजार नाघेको छ। मृत्यु हुनेको संख्या २५१ पुगेको छ।
८० वर्षमाथिका १३८ जना संक्रमितमध्ये ८५ जना पुरुष र ५३ जना महिला छन्। यो उमेर समूहका संक्रमित सबैभन्दा धेरै काठमाडौंका छन्। उपत्यकामा ६० जना यो उमेर समुहका मानिस संक्रमित छन्। त्यसमध्येमा पनि काठमाडौंमा धेरै छन्। काठमाडौंमा मात्र ४३ जना संक्रमित रहेका छन्। जसमा महिला १९ र पुरुष २४ जना रहेका छन्। त्यस्तै ललितपुरमा १० र भक्तपुरमा ७ जना संक्रमित रहेका छन् ।
यस्तो छ जिल्लागत विवरण
काठमाडौं-४३
महिला १९
पुरुष २४
ललितपुर-१०
महिला ५
पुरुष ५
भक्तपुर- ७
महिला २
पुरुष ५
सुनसरी- ५
महिला २
पुरुष ३
रुपन्देही-३
महिला १
पुरुष २
धनुषा- ३
महिला २
पुरुष १
पर्सा- ९
महिला २
पुरुष ७
चितवन- ५
महिला ५
पुरुष ०
मकवानपुर- ४
महिला २
पुरुष २
सर्लाही- ७
महिला २
पुरुष ५
बाँके- ३
महिला ०
पुरुष ३
कास्की -६
महिला ३
पुरुष ३
झापा- ३
महिला १
पुरुष २
कपिलवस्तु- २
महिला ०
पुरुष २
बारा- २
महिला ०
पुरुष २
सिरहा- ३
महिला १
पुरुष २
काभ्रेपलाञ्चोक-२
महिला ०
पुरुष २
एक जना संक्रमित रहेका जिल्ला
लमजुङ,कैलाली,डोटी,महोत्तरी ,दैलेख,सिन्धुपाल्चोक ,सुर्खेत,सप्तरी,दोलखा,धादिङ,रुकुम पश्चिम र मुस्ताङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।