• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रियसभामा गौतम कि खतिवडा? अन्तिम संघर्षमा नेकपा

64x64
नेपाल लाइभ बिहीबार, भदौ १८, २०७७  १२:०१
1140x725

काठमाडौं- राष्ट्रिय सभामा रिक्त एक पदमा वामदेव गौतम र युवराज खतिवडामध्ये कसलाई सिफारिस गर्ने भन्ने अन्तिम निर्णय बिहीबारको सचिवालय बैठकले गर्ने अपेक्षा गरिएको छ। तर, नेताहरुबीच समान धारणा बन्न नसक्दा बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ। सोही बैठकमा दुवै पक्षबीच संघर्ष हुने देखिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो पदमा यसअघि खतिवडा नै थिए। उनलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन्। ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेको अन्य नेताहरुलाई भनिसकेका छन्।

तर गत फागुन १४ गतेको सचिवालय बैठकले गौतमलाई सो पदमा सिफारिस गर्न  सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ। त्यही निर्णयलाई आधार बनाएर गौतमले आफू राष्ट्रिय सभा सदस्य बन्न पाउनुपर्ने बताइरहेका छन्। प्रधानमन्त्रीसँगको पछिल्लो भेटमा पनि उनले आफ्नै पक्षमा अडान राखेका छन्।

गौतमका पक्षमा रहेका नेताहरुले पनि  गौतमको विषयमा थप निर्णय गर्नु नपर्ने बरु फागुन १४ कै निर्णय कार्यान्वयन गरे हुने बताइरहेका छन्।

सचिवालयले गौतम वा खतिवडा कसको पक्षमा निर्णय गर्ला भन्ने विषयमा दुई पक्षको दुईथरी धारणा छन्।

nimb
nimb
Ncell 2
Ncell 2

नेकपाका उच्च तहका एक नेताले गौतम नै सिफारिस हुने सम्भावना धेरै रहेको प्रतिक्रिया दिए। ‘अहिले पार्टीको सचिवालय बैठकले आधिकारिक निर्णय गर्ला। दिउँसो ३ बजे बैठक बोलाइएको छ’, उनले भने, ‘वामदेव कमरेड हुने सम्भावना धेरै भयो। सचिवालयले नै निर्णय गरेपछि विषय थप  आधिकारिक हुन्छ।‘

यसअघि नै पार्टी कमिटीले नै निर्णय गरेकाले समेत गौतमको विपक्षमा उभिन प्रधानमन्त्री लगायत निर्णय प्रक्रियामा सहभागी नेताहरुलाई नैतिक संकट हुने ती नेताको भनाइ छ। त्यसैले गौतमलाई सहज भएको उनको भनाइ छ।

बुधबार अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेट हुँदा पनि दुई मध्ये कसलाई सिफारिस गर्ने भन्ने सहमति जुट्न सकेको थिए।  प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न खतिवडा भए सजिलो हुने बताएका थिए। तर दाहाले प्याकेजमा सचिवालय बैठकमा छलफल गर्ने भन्दै बालुवाटारबाट निस्केका थिए।

ओलीलाई भेटेर प्रचण्ड निस्किए लगतै बेलुकै उपाध्यक्ष गौतम पनि बालुवाटार गएका थिए। गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिस गर्न आग्रह गरेको बुझिएको छ।

यता नेकपाका ओली पक्षका नेताहरुले खतिवडालाई सिफारिस गर्ने विषय अब प्रधानमन्त्रीका लागि इगोको विषय भइसकेकाले उनी पछि हट्ने सम्भावना नरहेको बताउन थालेका छन्। उनी पक्षका एक नेताले भने- उहाँ पछि हट्ने कुनै सम्भावना छैन।

ओलीले खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिन सकिए उनलाई मन्त्रीको रुपमा पनि निरन्तरता दिन पाइने र सरकार सञ्चालनमा आफूलाई सहज हुने बताउँदै आएका छन्।

यो पनि पढ्नुहोस्

ओलीको तराजुमा गौतम र खतिवडाबुधबार, भदौ १७, २०७७

 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’
सातै प्रदेश सभामा संघ-प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
सम्बन्धित सामग्री
गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट राजी... आइतबार, जेठ २४, २०८३
सातै प्रदेश सभामा संघ-प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर-व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले उक्त व्यवस्था लागू गर्ने निर्णयसहित सन्देश पत्र जा... आइतबार, जेठ २४, २०८३
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती ‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ शीर्षकसहित सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गरेका किराँतीले राजनीतिक सिद्धान्तका... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ आइतबार, जेठ २४, २०८३
सातै प्रदेश सभामा संघ-प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय आइतबार, जेठ २४, २०८३
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती आइतबार, जेठ २४, २०८३
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता आइतबार, जेठ २४, २०८३
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ :  परराष्ट्रमन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्