काठमाडौं- रुपन्देहीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
रुपन्देही जिल्ला सैनामैना नगरपालिका-११ निवासी ७७ वर्षीय महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी गराएको छ।
ती महिला भदौ १७ गते साँझ ७ बजे अस्पतालमा भर्ना भएकी थिइन्।
जाँचका क्रममा कोभिड १९ पोजेटिभ देखिएको, निजमा ज्वरो, स्वासप्रश्वासमा समस्या रहेको र असपतालको फिबर क्लिनिकमा रहेको आइसोलेसन वार्डमा सोही दिनदेखि नै उपचाररत रहेकोमा उपचारको क्रममा भदौ १८ गते बिहान ४:३० मा उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।