काठमाडौं- काठमाडौं उपत्यकामा अत्वाश्यक सेवा प्रदान गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। काठमाडौं उपत्यकामा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
'अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/ मासु विक्री वितरण गर्ने पसलहरु बिहान ११:०० बजेसम्म खोल्न सकिने' बुधबार जारी भएको निषेधाज्ञाको सूचनामा उल्लेख छ।
बुधबार तीनै जिल्लाका प्रजिअहरूको बैठकले काठमाडौं उपत्यका प्रवेशका लागि अनिवार्य रूपमा पिसिआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने समेत आदेश दिएको छ। यस्तै बैठकले भदौ २४ राती १२ बजेसम्म निषेधाज्ञालाई पनि निरन्तरता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।