फाइल तस्बिर काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक वस्तुको टेक अवे र होम डेलिभरी सेवा संचालनका लागि अनिवार्य रुपमा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ हुनुपर्नेलगायत केही नयाँ प्रावधानसहित यो सेवा सुचारु गर्न सकिने निर्णय गरेको छ।
भदौ २४ गतेसम्म बढाइएको निषेधाज्ञाको अवधिभर पिसिआर नेगेटिभ भएका व्यक्तिहरुबाट मापदण्डबमोजिम टेकअवे सेवा संचालन गर्न र सरकारले तोकेको मापदण्ड अनिवार्य रुपमा पालना गरी अनलाइन सेवा सुचारु गर्न सकिने निर्णय गरेको छ। त्यस्तै अत्यावश्यक उपभोग्य वस्तुको होम डेलिभरी गर्ने व्यक्तिको पिसिआर परिक्षण नेगेटिभ हुनपर्ने र होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिको अभिलेख राख्ने र अनलाइन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा संचालन गर्न सकिनेछ।
होम डेलिभरीका लागि जिल्ला प्रशासनबाट विस्तृत मापदण्ड जारी भएपछि मात्र सेवा संचालन गर्न सकिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।