• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

उपत्यकामा निषेधाज्ञा एक साता थपियो‚ के गर्न पाइन्छ के पाइँदैन?

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०७७  १८:४४
1140x725

काठमाडौं- उपत्यकामा  एक साता निषेधाज्ञा थपिएको छ। दोस्रो पटक निषेधाज्ञा थप भएको हो। यसअघि भदौ १० देखि १७ सम्म निषेधाज्ञा गरिएको थियो। उपत्यकामा दैनिक संक्रमणको दर बढिरहेकाले अर्को साता थपिएको र २४ गतेसम्म पुर्‍याइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टले बताए।

उपत्यकाका मेयरहरुको बैठकले पनि केही दिन निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो। उपत्यकामा प्रत्येक दिन दुई सयमाथि संक्रमित भएकाले खुलुको पार्न नसकिएको भट्टले बताए। 

यी हुन् उपत्यकामा निषेध गरिएका सेवा:

जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश
भक्तपुर जिल्लामा कोभिड-१९ को बढ्दो संक्रमणलाई प्रभावकारी रुपमा रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी मिति २०७७/०५/०३ गते राति १२:०० बजेदेखि मिति २०७७/०५/१७ गते राति १२.०० बजेसम्म निषेध आदेश जारी गरिएकोमा मिति २०७७/०५/१७ गते राति १२:०० बजेदेखि २०७७।०५।२४ गते राति १२:०० बजेसम्म लागू हुनेगरी देहायबमोजिम निषेध आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

निषेध गरिएका सेवाहरुः
१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम साथै अत्यावश्यक सेवा सञ्चालन गर्न
बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

२. अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका नागरिकहरू एवम् दीर्घ
रोग भएका जुनसुकै उमेरका मानिसहरू घरबाट बाहिर निस्कन ।

३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन भक्तपुर जिल्ला भित्र प्रवेश गर्न । यसरी आउने सवारी साधनमा रहेका ड्राइभर र सहयोगीहरु तोकिएबमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न ।

nimb
nimb
Ncell 2
Ncell 2

५. कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न ।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध, दूग्धजन्य पदार्थ र सोको प्याकेजिङ सामग्री, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन/स्यानिटाइजरलगायतका सामग्रीहरु, अस्पताल जाने/आउने बिरामी, दाह संस्कारका लागि अनिवार्यरुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधनजस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला/जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।

८. परम्परागतरूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न ।

९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टयूशन सेन्टर, भाषा कक्षालगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।

१०. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, मार्ट, मनोरञ्जनस्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सचालन गर्न ।

११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापार/व्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न ।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न, गराउन ।

१३. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारवाही हुनेछ ।

सञ्चालन गर्न पाउने सेवाहरूः
१. अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी मात्र बिकी वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल/व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन सकिने।

२. अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/ मासु विक्री वितरण गर्ने पसलहरु विहान ११:०० बजेसम्म खोल्न सकिने ।

३. विकास निर्माणसँग सम्बन्धित पसल/व्यवसाय साथै छोटी ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउसो २:०० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन गर्न सकिने तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नु पर्नेछ ।

४. पिसिआर नेगेटिभ भएका व्यक्तिहरूबाट टेकअवे सेवा सञ्चालन गर्न, सरकारले तोकेको मापदण्ड अनिवार्यरुपमा पालना गरी अनलाइन सेवा सञ्चालन गर्न ।

५. अत्यावश्यक उपभोग्य बस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको पिसिआर नेगेटिभ हुनु पर्नेछ । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिनेछ । सो सेवाको मापदण्ड  जारी भएपछि मात्र सेवा सञ्चालन गर्न पाइनेछ ।

६. कामदार र कर्मचारीहरूलाई आयोजनास्थलमै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न ।

७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्न ।

८. क्वारेन्टाइन/आइशोलेसनमा बस्नेहरुको लागि खाना खुवाउने क्याटरित/होटल सञ्चालन गर्न ।

९. एयरपोर्ट देखि क्वारेन्टाइन वा आइसोलेसन वा होटेलसम्म जाने यातायात सञ्चालन गर्न ।

१०. अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पिसिआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्नेछ ।

११. स्वाव परिक्षण गराउने व्यक्तिहरु रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ। कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाब परीक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउन्जेलसम्म अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नुपर्नेछ । यस व्यवस्थाको उलङ्घन हुनेगरी जथाभावी हिंडडुल गर्नेहरू उपर संकामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ।

१२. अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न सकिनेछ । उद्योग कलकारखानामा काम गर्ने कर्मचारी र कामदारहरू खानरबस्नको लागि परिसरभित्र सम्बन्धित उद्योग कलकारखानाले नै छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नुपर्नेछ। उद्योग कलकारखाना सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य  मापदण्ड पालना गर्नु र गराउनुपर्नेछ। यसको व्यवस्थापन अनिवार्य रुपमा सम्बन्धित उद्योगले नै गर्नु पर्नेछ । सोको अनुगमन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले गरी प्रतिवेदन गृह मन्त्रालय मार्फत सिसिएमसीमा पठाउनुपर्नेछ।

१३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवाप्रबाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ। सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी संख्याको १/३ संख्यामा नबढाई सेवा प्रवाह गर्न सकिनेछ । साथै एटिएम सेवा सञ्चालन गर्दा सम्बन्धित बैंकले नियमित रुपमा डिसइन्फेक्ट गर्नुपर्नेछ । सो को अनुगमन नेपाल राष्ट्र बैंकले गर्नु पर्नेछ ।

१४. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट  जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ तर पिसिआर परीक्षण सुविधा नभएको स्थानबाट यो प्रयोजनमा उपत्यका आउनु पर्ने व्यक्तिको हकमा काठमाडौंमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नु पर्नेछ ।

१५. माथि उल्लिखित व्यवस्थाका लागि सहजिकरण गरिएका सेवाहरु सञ्चालन गर्दा अनिवार्य रूपमा सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्नेछ । साथै अनिवार्य रुपमा नेपाल सरकार मन्त्रिपरिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुरगराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ। सो को पालना नभएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।

१६. माथि उल्लेखित क्रियाकलाप गर्दारगराउँदा सम्बन्धित नियामक निकायले अनिवार्य रुपमा तोकिएको प्रोटोकल पालना भएरनभएको विषयमा अनुगमन गरी सो को प्रतिवेदन आआफ्नो तालुक निकायमा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौमा हप्ताको दुई पटक उपलब्ध गराउनु पर्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्