• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अरुणकुमार मिश्रा, जसले  प्रशान्त भुषणलाई एक रुपैयाँको सजाय सुनाउने इजलाशको नेतृत्व गरे

मिश्राको विवादित छवि : मेडिकल  कलेजदेखि मोदीको प्रशंसासम्म 
64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०७७  ०८:२३
1140x725

एजेन्सी–चर्चित  अधिकारकर्मी एवं वरिष्ठ वकिल  प्रशान्त भुषणलाई अदालतको  अवहेलनामा  एक रुपैयाँ जरिवाना गरेपछि भारतीय सर्वोच्च अदालतको सकारात्मकभन्दा नकारात्मक दिशामा  चर्चा भइरहेको छ।  संविधान, कानुन र असाधारण क्षेत्राधिकारअन्तर्गत मुद्दा सुनुवाइ गर्ने देशकै  सर्वोच्च न्यायीक निकाय क्षमाशील देखिनुपर्नेमा कठोर र झन् पुरातन  हुदै गएको भन्दै आलोचना हुन  थालेको छ। 

सर्वोच्च अदालतका तीन  न्यायाधीशको  इजलाशले  भुषणलाई अदालतको  अवहेलनमा दोषी  ठहर गर्दै सजाय  सुनाएको थियो । उनले अदालतको  आदेश  स्वीकार गर्दै १ रुपैयाँ जरिवाना अदालतमा बुझाएका छन्।

यसरी सजाय सुनाउने इजलाशको नेतृत्व न्यायाधीश अरुणकुमार मिश्राले गरेका थिए।  उनी विवादास्पद छविका मानिन्छन्।  उनीसगै न्यायाधीश बीआर गवई र कृष्णमुरारी सहभागी थिए। मिश्राले २  सेप्टेम्बरमा  अवकाश पाउँदैछन्। अवकाशअघि नै यो मुद्दा टुंग्याउन उनले हतारो  देखाएका  थिए। भुषणले  दोषी ठहर गरेपछि त्यसविरुद्ध पुनरावेदन निवेदन  दिनका लागि समय  मागेका थिए। तर मिश्राको  इजलाशले त्यसलाई  अस्वीकार गर्दै सजाय सुनाउने भनेको थियो।  

विवादित  छविका मिश्रा को हुन्?
मध्य प्रदेशको जबलपुरका स्थायी बासिन्दा मिश्रा विज्ञानमा स्नातकोत्तर डिग्री लिएपछि  कानुन पढेका थिए। उनका पिता हरगोविन्द मिश्रा पनि न्यायाधीश थिए। जबलपुर हाईकोर्टबाट उनले  अवकाश पाएका थिए।  उनको परिवारमा धेरै चर्चित वकिल रहेका छन्। उनका छोरा पनि दिल्ली हाइकोर्टका वकिल हुन्। मिश्राले पनि २१  वर्षसम्म वकालत गरेका थिए।  पछि उनी मध्य प्रदेशको ग्वालियरको जीवाजी विश्वविद्यालयसँग जोडिएका  थिए। 

न्यायाधीश  यात्रा  
मिश्रा १९९९मा  मध्यप्रदेशको  हाईकोर्टमा अतिरिक्त न्यायाधीशको रुपमा नियुक्त भएका थिए। स्थायी भएपछि  २०१० सम्म उनी राजस्थान हाईकोर्टमा थिए। २०१२ मा कोलकाता हाईकोर्टको मुख्य न्यायाधीश भए। तीन पटकसम्म उनलाई सर्वोच्च ल्याइएन। २०१४मा उनी सर्वोच्च आइपुगे।

२०१८मा भारतीय सर्वोच्च अदालतमा नयाँ घटना भयो।  बहालवाला चार न्यायाधीशले प्रधान न्यायाधीशविरुद्ध पत्रकार सम्मेलन नै गरेर इजलाश बहिस्कार गरे। यसरी विरोध गर्नेमा  पछि प्रधानन्यायाधीश भएका  रञ्जन गोगोईसहित न्यायाधीशहरु  मदन बी लोकुर,कुरियन जोजफर चेलमेश्वर थिए। उनीहरुको आरोप थियो-विवादास्पद मुद्दाहरु केही  खास न्यायाधीशहरुको  इजलाशमा सूची बनाएर तोकिने गरिएको छ।

यो घटनाबाट अरुण मिश्रा यति मर्माहत भए कि उनलाई सम्झाउन तत्कालीन प्रधानन्यायाधीश दीपक मिश्राले निकै प्रयास गरेका थिए। यद्यपि पत्रकार सम्मेलनमा उनको नाम लिइएको थिएन। तर न्यायाधीशले यसरी पत्रकार सम्मेलन गरेर सर्वोच्चका कुरा बाहिर लैजान नहुने उनको तर्क थियो। 

तत्कालीन प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलन गर्दै भारतको सर्वोच्च अदालतका न्यायाधीशहरु

सधैं विवादकाे घेरामा
राजनीतिक महत्वका मुद्दा कनिष्ठ न्यायाधीशलाई दिनुपर्ने तत्कालीन प्रधानन्यायाधीशको तर्क धेरै  विवादित  भएको थियो जसको  सर्मथन मिश्राले गरेका थिए। वरियताको  १० औं नम्बरमा रहे पनि मिश्राको इजलाशमा  न्यायाधीश  बीएच लोयाको  हत्यासम्वन्धी मुद्दाको पेशी तोकिएको थियो। न्यायाधीश लोया गुजरातको सोहराबुद्दीन ‘इन्काउन्टर’को मुद्दा सुनुवाइ गरिरहेका थिए। उक्त इन्काउन्टरमा हालका  गृहमन्त्री अमित शाहको  नाम मुछिएको  थियो। उनले  शाहलाई बयानमा बोलाउने तयारी  गरेका थिए। एक दिन लोहयाको मृत्यु भयो । उनको  मृत्यु हर्टआट्याकले भएको भनियो। कुनै अनुसन्धान नगरी फाइल थन्काइयो।  

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन समयमा नरेन्द्र मोदीको पहिलो कार्यकाल चलिरहेको थियो। शाह भाजपा अध्यक्ष थिए। सञ्चार  माध्यमले मिश्राको इजलाशबारे प्रश्न  उठाएपछि  उनी त्यसबाट अलग भए।  तत्कालीन समयमा  भुषणले पनि  जुनियर न्यायाधीशलाई संवेदनशील मुद्दाको पेशी राखेर न्याय मार्न खोजेको भन्दै आलोचना गरेका थिए।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि महिला कर्मचारीमाथि यौन उत्पीडनको आरोप लाग्यो। गोगोईलाई सफाई  दिने  इजलाश र  छानबिन समिति दुवैमा अरुण मिश्रा सहभागी थिए। उनले एक  जग्गा अधिग्रहण  प्रकरणमा  पनि विवादास्पद फैसला सुनाएका  थिए।

पछि यो पुनरावेदन भयो।  अनि संवैधानिक इजलाशमा पुग्यो जुन इजलाशको  एक  सदस्य मिश्रा पनि  थिए।  उनको नाममा विवाद  भयो। तर उनले उक्त मुद्दाबाट पछि हट्न मानेनन्। एक पटक फैसलामा संलग्न भएको  न्यायाधीश दोस्रो पटक सोही मुद्दा हेर्ने कार्य स्वार्थ  र न्यायको रोहमा गलत मानिन्छ। 
प्रधानमन्त्री मोदीको  प्रशंसा

Xtrem

Xtrem

प्रधानमन्त्री  नरेन्द्र मोदीलाई गरेको प्रशंसाबाट उनी सबैभन्दा धेरै विवादमा आएका थिए। यही  वर्ष फेब्रुअरीमा उनले एक अभिव्यक्ति दिएका थिए–जसमा प्रधानमन्त्री मोदीलाई  सार्वजनिक रुपमा दार्शनिक भनिएको थियो।  राजनीतिक  दलका कुनै पनि  नेतालाई सर्वोच्च अदालतका बहालवाला  न्यायाधीशले  खुल्ला  प्रशंसा  गरेको  पहिलो इतिहास थियो। 

न्यायाधीश लोहया हत्याकाण्ड, राफेल डिलमा भ्रष्टाचार ,प्रधानमन्त्री केयर  फण्ड,जम्मु कश्मीरको  मानव अधिकार हननजस्ता दर्जनौ मुद्दा  सर्वोच्चमा सरकारविरुद्ध  विचाराधीन रहेको समयमा उनको  प्रशंसाले अदालत कार्यकारीको   प्रभावमा  परेको टिप्पणी  भएको थियो । उनले मोदीलाई अन्तर्राष्ट्रियस्तरको दार्शनिक भन्दै सदाबहार ज्ञानी व्यक्ति भएको बताएका थिए। 

सर्वोच्च अदालत  सरकारसँग कमजोर भएर न्याय दिन नसकेको  भन्दै सार्वजनिक आलोचना भइरहेको समयमा उनले दिएको अभिव्यक्तिले धेरै  विवाद भएको थियो। उनको उक्त भनाइले न्यायीक, राजनीतिक  वृत्तमा निकै बहस भएको थियो। सरकारविरुद्धका निवेदनमा उनले  आफूलाई  अलग गर्नुपर्ने माग समेत उठेको थियो। उनीमाथि  एक उद्योगी  समूहको पक्ष लिएको आरोप पनि  लागेको  थियो। 

उनका विरुद्ध वकिलहरुले प्रधानन्यायाधीशसमक्ष  पत्रसमेत लेखेका थिए । यो प्रकरणपछि उनी भुषण र अन्य वकिलप्रति कठोर हँुदै  आएका थिए। गुजरात उच्च अदालतमा  हुँदा पाड्या हत्याकाण्डमा  उनको इजलाशले गरेको  फैसला निकै विवादित भएको थियो। विवादपछि  अर्को  इजलाशले त्यसलाई खारेज गरेको थियो। त्यस्तै सहारा विरला  दस्तावेज प्रकरणमा धेरै नेताहरुको  नाम जोडिएको थियो। सत्तारुढ  भाजपाका नेताहरुले  उक्त  दस्तावेजमा संलग्न भएको  आरोप लागेको थियो । जुन  मुद्दा पछि खारेज भयो। यसमा पनि मिश्रा  संलग्न थिए।

मेडिकल घुसकाण्डमा विवादित
मेडिकल कलेज घुस काण्ड मामला पनि न्यायाधीश अरुण मिश्राकै इजलाशमा परेको  थियो। उक्त मुद्दामा  तत्कालीन प्रधानन्यायाधीश दीपक मिश्राले  आफूले  सुनुवाइ नगर्ने निर्णय गरे। तर अरुण मिश्राले  त्यसलाई खारेज  गरिदिए। मेडिकल कलेजहरुले घुस खुवाएर मेडिकल सिटहरु धेरै लिएकाले  पुन छानबिन गर्नुपर्ने  माग  गर्दै निवेदन दिइएको थियो। 

केही  राम्रा  फैसला
मिश्रले  आफ्नो कार्यकालमा एक लाख मुृद्दाको सुनुवाइ गरिसकेका छन्। विदेशमा कानुन अध्ययन गरेको  भए पनि भारतमा  अनुमति  पाउने व्यवस्था बनाउने  श्रेय  उनैलाई जान्छ। २०००मा  कानुनको  रात्रिकालीन कलेज  पनि उनले  नै बन्द गराउने प्रस्ताव गरेका थिए। अधिवक्ताहरुको कल्याण योजना शुरुवात गरेको  श्रेय पनि उनैलाई जान्छ ।  राजस्थान उच्च न्यायालयमा एक विधि संग्रहालयको शुरुवात उनले  गरेका थिए।  उनको  यो कदमको  धेरै प्रशंसा भएको थियो । 

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई विमानबाटै हिरासतमा लिइएको छ। युट्युबर ध्रुव राठीलाई... शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र स्थानीय समयअनुसार दिउँसो १२:५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भई सडकमा... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्