काठमाडौं– नयाँ बसपार्क क्षेत्रलाई बेश्यावृत्तिमुक्त क्षेत्र बनाउने प्रहरीको अभियान अन्र्तगत १३ दिनमा ८० जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ३४ जनालाई मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले बैशाख महिनामा नयाँबसपार्क सुधार अभियान चलाइरहेको छ। जसअन्र्तगत नयाँबसपार्क क्षेत्रमा हुने बेश्यावृत्तिलाई पूर्ण रुपमा अन्त्य गरिने उदेश्य लिइएको महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।
प्रहरी स्थानीयहरुसँग मिलेर यस्तो अभियान सुरु गरेको छ। पक्राउ पर्नेहरुमा बेश्यावृत्तिमा संलग्न युवतीहरु, होटल सञ्चालक तथा एजेन्टहरु रहेको इन्सपेक्टर पौडेलले बताए।
अभियान अन्र्तगत प्रहरीले बैशाख ७ गते बृहत् र्याली निकालेको थियो। बसपार्क बेश्यावृत्ति र अन्य अपराधका कारण बदनाम भएपछि सुधार अभियान चलाईएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।