काठमाडौं-अन्त:शुल्क तिर्नुपर्ने करदाताले कर कार्यालयमा मासिक विवरण बुझाउनुअघि अनिवार्य रूपमा आफ्नो उत्पादनको ब्राण्ड दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागले यो व्यवस्था गरेको हो।
विभागले जारी गरेको सूचनाअनुसार सुर्तीजन्य र मदिराजन्य वस्तुका उत्पादकले आन्तरिक राजस्व विभागको वेबसाटमार्फत् ब्राण्ड अपलोड गरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गइ भेरिफाइ गराउनुपर्नेछ।
यसैगरी सुर्तिजन्य र मदिराजन्यबाहेक अन्य वस्तुका उत्पादकले अन्त:शुल्क विवरण भर्दाकै अवस्थामा तयारी वस्तुको विवरणसँगै एकपटकका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट ब्राण्डसमेत भेरिफाइ गराउनुपर्ने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।