• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुखर्जीको नेपाल साइनो

64x64
दुर्गा दुलाल सोमबार, भदौ १५, २०७७  २०:४५
1140x725

काठमाडौं- कोरोना संक्रमणपछि ज्यान गुमाएका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी भारतका राष्ट्राध्यक्षको हैसियतमा १८ वर्षको अन्तरमा २०७३ कात्तिक १७ गते नेपाल आएका थिए। मुखर्जीलाई नेपाली समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। उनी कात्तिक १९ गते स्वदेश फर्केका थिए।

लामो समयपछि उच्च स्तरको भ्रमण भएकाले सरकारले मुखर्जीको सुरक्षालाई ध्यान दिँदै र सम्मानमा सार्वजनिक बिदा दिएको थियो।

नेपालको राजनीतिक वृत्त तथा नागरिक समाजसँग नजिकको सम्बन्ध रहेका भनिएका मुखर्जीको यो भ्रमण विशेष महत्त्वको थियो।

१८ वर्षअघि भारतीय राष्ट्रपति के आर नारायणण नेपाल भ्रमणमा आएका थिए। नारायणणभन्दा अघि भारतका सातौँ राष्ट्रपति ज्ञानी जैल सिंहले सन् १९८६ मा नेपालको भ्रमण गरेका थिए।

१२ बुँदेदेखि अन्य राजनीतिक सम्बन्धमा उनी नेपालसँगको सम्पर्क व्यक्ति थिए। विगतमा रक्षा, अर्थ र परराष्ट्रमन्त्री हुँदा मुखर्जीले नेपालको लोकतान्त्रिक प्रक्रियाका लागि भारतको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेको दावी भारतीय पक्षबाट हुने गरेको थियो।

टनकपुर सन्धिदेखि १२ बुँदे समझदारी हुँदै नेपालमा संविधान जारी हुदासम्म उनको  नाम जोडिने गरेको छ।  मुखर्जी स्वयंले सन् २००९ मा अलजजिरा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा नेपालका माओवादीहरुलाई हतियार त्याग्न र राजनीतिक मूलधारमा आउन भारतले सहयोग गरेको बताएका थिए।

त्यसक्रममा उनले माओवादीहरुले भारतको राजनीतिक सुझावलाई मानेको र अन्य पार्टीहरुसँग सहकार्य गरी सरकारको नेतृत्व गर्ने अवस्थासम्म पुगेको धारणा राखेका थिए।

मुखर्जीको खुलासापछि नै नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणका लागि सन् २००५ मा तत्कालीन ७ दल र विद्रोही माओवादीबीच १२ बुँदे समझदारी गराउन भारतले सहजकर्ताको भूमिका खेलेको आरोप लाग्दै  आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आफूले सहजीकरण गरेको भनिएको राजनीतिक प्रकिया अन्तर्गत नेपालमा गणतन्त्रको घोषणा भएको ८ वर्षपछि भारतका राष्ट्राध्यक्षको रुपमा उनले नेपालको सफल  भ्रमण गरेका थिए।

भ्रमणको अघिल्लो वर्ष संविधानसभाले जारी गरेको नयाँ संविधानलाई स्वागत नगरी भारतले चिसो प्रतिक्रिया जनाएको थियो। संविधान जारी भएपछि तराईमा भएको आन्दोलनसँगै पाँच महिनासम्म सीमा नाकाबाट आपूर्ति अवरुद्ध भएपछि राजधानी काठमाडौं लगायत नेपालभरको जनजीवन कष्टकर बनेको थियो।

राष्ट्रपतिको रुपमा नेपाल भ्रमणका आएका बेला उनले संविधान कार्यान्वयन प्रक्रियामा भारतको स्वागत रहेको भन्दै सबैको भावना समेट्ने संविधानमा जोड दिएका थिए। समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, राजनीतिक दल शीर्ष नेताहरु तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरुसँगको भेटका साथै जनकपुर र लुम्बिनी भ्रमण सकेर स्वदेश फर्कने क्रममा उनले यस्तो सन्देश दिएका थिए।

उनलाई नेपालमा रहँदा काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो।

उनी बुद्ध एयरको उडानमा नेपाली हिमाली श्रृंखलाको अवलोकन गर्दै जनकपुर पुगेका थिए। त्यहाँ पुजा अर्चना गरेर नागरिक अभिनन्दनपछि पोखरा गएका थिए । 

पोखरामामा साढे दुई घण्टा बिताएर काठमाडौं फर्केका उनलाई काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख लगायतले बिदाई गरेका थिए।

साहना प्रधानसँगको त्यो फोटो
भारतको वित्त, अर्थलगायतका मन्त्रालय समेत सम्हालेका उनी सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति भएका थिए। मुखर्जीलाई काँग्रेस आईको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको थियो।

सन् २००७ मा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री साहना प्रधान भारत भ्रमणमा जाँदा मुखर्जीले गरेको सम्मानको तस्बिर विश्वभर चर्चा भएको  थियो। उनले प्रधानलाई सम्मानपूर्वक बाटो देखाएका फोटोले उनको नेपालप्रतिको सम्मानको रुपमा चर्चा  भएको थियो। भारतका विदेश मन्त्रालयका अधिकारीहरुले मुखर्जीले निहुरेर सम्मान गर्दा आफू पनि निहुरिएका थिए। आफूभन्दा उमेर र अनुभवले माथि रहेकाप्रति मुखर्जी निकै सम्मान गर्थे।

महाकाली सन्धिका साक्षी
केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिँदा महाकाली सन्धीको सम्झना गरेका थिए। उनले मुखर्जीलाई पनि सम्झेका थिए।

२०५२ सालमा दिल्लीमा महाकाली सन्धि हुनुअघि मुखर्जी नेपाल भ्रमणमा आएका थिए। तत्कालीन परराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीसँग दुई दिन वार्ता गरी प्रारम्भिक सहमतिमा हस्ताक्षर गरेर फर्किएका थिए। नेपालसँग भएका महत्त्वपूर्ण समझदारी, सन्धि सम्झौतामा मुखर्जीले महत्त्वपूर्ण भुमिका खेलेका थिए।

मुखर्जीलाई नेपालका नेताहरु सिधा भेट्न पुग्थे। उनी नेपालका नेताहरुप्रति आत्मीयता देखाउँथे।

राष्ट्रपति लगायतबाट दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले मुखर्जीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा  राष्ट्रपति  भण्डारीले उनको निधनबाट नेपालले एक  असल मित्र गुमाएको भनेकी छन्।

मुखर्जीको  मृत्युप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल टुइटर मार्फत उनले दुःख व्यक्त गरेका हुन्। 

प्रतिपक्ष नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले पनि मुखर्जीसँग खिचेको फोटो राख्दै समावेदना दिएका छन्।

८४ वर्षका मुखर्जी केही दिनदेखि सैनिक अस्पतालको कोमामा  थिए। सोमबार उनले संसारवाट बिदा लिएका हुन्।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्