काठमाडौं- स्त्री रोग विशेषज्ञ डा भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्।
शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि आफूहरू दुवै जना ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए।
उनले भने, ‘म र मेरो श्रीमती दुवैलाई शनिबार कोरोना पुष्टि भएको हो। हामी आइतबारदेखि अस्पतालमा भर्ना भएका छौं।’
सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।