काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
शनिबार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हाल १७ हजार ८२२ जना संक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७०१ छन्। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना छन्।
आज ११ हजार ९२९ जनाको पिसिआर परीक्षण भएको छ। हाल ७३३७ जना क्वारेन्टाइनमा छन्।
हालसम्म २१ हजार ४१० जना निको भएका छन्। यो कुल संक्रमितको ५४ प्रतिशत प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।