फाइल तस्बिर
काठमाडौं- प्रदेश १ मा हालसम्म ३ हजार ३ सय ३० जना कोरोना संक्रमित पुगेका छन्। यीमध्ये २ हजार ४ सय ७२ जना पुरुष हुन् भने ८ सय ५८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। प्रदेशमा सबै उमेर समूहका व्यक्तिहरू संक्रमित भेटिएका छन्।
प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षको छ। मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा २१ देखि ३० वर्ष उमेर समूहका १ हजार १ सय ३३ जना संक्रमित भएका छन्। यो प्रदेशमा दोस्रो संक्रमित उमेरमा ३१ देखि ४० रहेको छ। यो उमेरका ८५२ जना संक्रमित भएका छन्।
संक्रमित हुने तेस्रो उमेर समूहमा ४१ देखि ५० वर्षको रहेको छ। यो उमेर समुहमा ४७८ जना संक्रमित प्रदेशमा रहेका छन्। प्रदेशमा सबैभन्दा बढी मोरङका मात्र १ हजार ६ सय ६ जना संक्रमित छन्।
प्रदेशमा १० वर्षभन्दा कमका ७९ जना संक्रमित छन्। ११-२० समूहका ३२६ जना संक्रमित छन्। ५१-६० समूहका २३८ जना, ६१-७० का ११२ जना र ८० भन्दा माथिका १३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।