फाइल तस्बिर
काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै नेपालमा २० हजार ८ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन्। हाल मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य छन्।
हालसम्म कुन प्रदेशबाट कति डिस्चार्ज?
प्रदेश १– १५६९
प्रदेश २– ४७४३
बागमती प्रदेश– १०२३
गण्डकी प्रदेश– १७०७
प्रदेश ५– ४८४९
कर्णली प्रदेश– २०८३
सुदूरपश्चिम प्रदेश– ४८४८
नेपालमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मृत्यु हुने संक्रमितमा ४ महिला र १० पुरुष गरी १४ जना रहेको मन्त्रालयले जानकारी दिएको हो। २४ घण्टाको अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्मकै बढी हो।
पछिल्लो २४ घन्टामा नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुष गरी १२२१ जना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको हो। २४ घण्टाको अवधिमा नेपालमा यति धेरै मानिसमा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
शनिबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हालसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्किएका छन्। यो कूल संक्रमितको ५४ प्रतिशत हो।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ छ। संस्थागत आइसोसलेनमा १० हजार ६१२ छन् भने होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना छन्। आइतबार १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जना व्यक्तीको पिसिआर भएको मन्त्रालयले जनाकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।