काठमाडौं- सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले आइतबार भुजेललाई थुनामुक्त गर्न आदेश दिएको हो। भुजेलका तर्फबाट प्रतिमा भुजेलले बन्दीको निवेदन दर्ता गराएका थिए। भुजेलको हकमा साउन २३ र भदौ ५ गते दुईवटा निवेदन दर्ता भएको थियो।
सप्तरी जिल्लाको इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा थुनामा रहेकी भुजेललाई रिहा गर्न माग गर्दै प्रतिमा भुजेलले सर्वोच्चमा निवेदन दिएकी थिइन्। २०७६ पुस १२ गते पक्राउ परेकी भुजेललाई जिल्ला अदालतले थुनामुक्त गरेलगत्तै अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।