काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १६ हजार ५७८ संक्रिय संक्रमित छन्। ६४४५ जना होम आइसोलेसनमा छन् भने १०१४५ संस्था आइसोलेनसमा छन्।
आज ३१३ निको भएर डिस्चार्ज छन् हालसम्म ५५ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्। आज ११ हजार ५१६ जनाको पिसिआर परीक्षण भएको छ भने हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।