काठमाडौं- देशभर हाल ६ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १४ हजार ७ सय ३९ सक्रिय संक्रमितमध्ये ६ हजार २८ जना संक्रमित होम आइसोलेनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
८ हजार ७ सय ११ जना संक्रमित संस्थागत होम आइसोलेसनमा छन्। प्रदेश २ मा मात्र सबैभन्दा धेरै ३ हजार ६ सय ७५ जना संक्रमित होम आइसोलेसनमा छन्। बागमती प्रदेशमा १ हजार ४ सय ९९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या प्रदेश १ मा ३ सय २२, गण्डकीमा १८, प्रदेश ५ मा ४ सय ५४, कर्णालीमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।