• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ भरतपुर : आइसोलेसन बनाउन खोज्दा मेयरमाथि नै ढुंगामुढा!

स्वास्थ्यकर्मीलाई शतप्रतिशतसम्म प्रोत्साहन भत्ता
64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०७७  २२:३१
1140x725
भरतपुर महानगरले संचालन गरेको क्वारेन्टाइन। इन्साइटमा मेयर रेनु दाहाल।

काठमाडौं-  चितवनको भरतपुर महानगरपालिकाका स्थानीयले कोरोना संक्रमित, संक्रमण न्यूनीकरणमा खटिने कर्मचारी र जनप्रतिनिधिमाथि नै दुर्व्यवहार गरेका छन्। संक्रमतिको संख्या बढेसँगै अस्पतालका बेड भरिन थालेपछि महानगरपालिकामा छुट्टै आइसोलेसन बनाउन लाग्दा स्थानीयले आफूमाथि नै आक्रमण गरेको महानगरकी मेयर रेनु दाहालले बताएकी छन्। 

‘केही दिन अगाडि एउटा टोलमा आइसोलेसन बनाउने भनेर हेर्न गएकी थिएँ। स्थानीयले नाराबाजी गरे। हामीमाथि ढुंगामुढासमेत प्रहार भयो,’ मेयर दाहालले नेपाल लाइभसँग भनिन्। 

कोरोना संक्रमितप्रति स्थानीयसमेत अराजक बन्दै गएको र फ्रन्टलाइनमा खटिनेहरुप्रति नै दुर्व्यवहार बढेको भन्दै मेयर दाहालले चिन्ता व्यक्त गरिन्।

महानगरभित्र मंगलबारसम्म २ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बुधबारको पूर्ण विवरण भने प्राप्त भइनसकेको महानगरको भनाइ छ। 

महानगरका १ संक्रमितको मृत्यु 
सुरुमा भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिमा देखिएको कोरोना हाल समुदायमा फैलिसकेको छ। महानगरमा २३६ संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ। ६८ वर्षीय पुरुषको मृत्यू भएको हो। 

महानगरमा ७३ जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन्। १६२ जना अस्पताल तथा होम आइसोलेसनमा छन्। 

३५ स्वास्थ्यकर्मी कोरोना संक्रमित 
क्यान्सर अस्पताल, भरतपुर अस्पताल, निजी अस्पताल तथा मेडिकलका स्टाफसमेत कोरोना संक्रमित भएका छन्। महानगरपालिकामा ३५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको जनस्वास्थ्य शाखाका प्रतिनिधि दीपक श्रेष्ठले जानकारी दिए। 

भरतपुर महानगरमा देखिएका कोरोना संक्रमित अधिकांश दीर्घरोगी तथा संक्रमितको सम्पर्कमा आएकाहरु भएको महानगरले जनाएको छ। सुरुमा  प्रभावित क्षेत्रबाट आएकाहरूमा देखिएको कोरोना संक्रमण हाल उनीहरुका परिवार तथा आफन्त र सम्पर्कमा आएका व्यक्तिहरुमा देखिन थालेको छ। 

Ncell 2
Ncell 2

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै 
अस्पताल भरिँदै गएपछि लक्षण नभएका अधिकांश संक्रमितलाई होम आइसोलेनमा राख्न थालिएको छ। लक्षण नदेखिएका तथा जटिल अवस्था नभएकालाई होम आइसोलेनमा राख्ने संघीय सरकारको नीति अनुरुप नै होम आइसोलेसनमा राखिएको हो।

अस्पतालमा भर्ना भइसकेकाहरुको अवस्था सामान्य भए पनि बेड छाड्न नमान्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा गम्भीर बिरामीलाई राख्नसमस्या समेत सिर्जना हुन थालेको महानगरपालिकाले जनाएको छ। 

होम आइसोलेनमा रहेका संक्रमितहरुमा जटिल अवस्था देखियो भने उनीहरुलाई तत्काल एम्बुलेन्समार्फत् अस्पताल लैजाने व्यवस्था गरिएको छ। जसका लागि महानगरले २४ सै घण्टा एउटा एम्बुलेन्स उपलब्ध गराएको छ।

हाल कोरोना नियन्त्रणका लागि महानगरले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन कडाइ गरेको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण गर्ने कामलाई समेत तीब्र बनाइएको महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले बताइन्। 

धेरै भीडभाड हुने क्षेत्रमा समेत पिसिआर परीक्षण गर्ने तयारी गरिएको उपमेयर ठकुरीको भनाइ छ। 

स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्साहन भत्ता 
भरतपुर महानगरपालिकाले फ्रन्टलाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ। 

महानगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप काममा खटिएको आधारमा आधारभूत तलबको ५० प्रतिशतदेखि शतप्रतिशतसम्म थप भत्ता उपलब्ध गराएको महानगरकी मेयर रेणु दाहालले बताइन्।

फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीहरुलाई केन्द्र सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने बताएपनि उपलब्ध नगराएको उनले बताइन्। 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  २२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार बिहीबार, माघ १५, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार बिहीबार, माघ १५, २०८२
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो? बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्