काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ।
हालसम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किउका छन्। हाल सक्रिय संक्रमितको संखया् १४ हजार ७ सय ३९ जना छन्। पछिल्लो २४ घण्टामा ३८५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।