काठमाडौं- सुनको मूल्य ओरालो लाग्ने क्रममा रहेको छ। मंगलबार प्रतितोला ७ सयले घटेको सुनको मूल्य बुधबार ९ सय रुपैयाँले घटेको हो।
बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।
मंगलबारका सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलामा ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।