रुकुम- नेपाली कांग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ।
जिल्लाको त्रिवेणी गाउँपालिकामा बुधबार छाया सरकार गठन गरिएको हो। कांग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको कांग्रेस रुकुमले जानकारी दिएको छ।
जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छाया सरकार गठन गरिएको कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए।
जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छाया सरकार गठन गरिएको उनको भनाइ छ। जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छाया सरकार गठन गर्ने कांग्रेसको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।