काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ।
त्यसैगरी, काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन्।
हालसम्म ३३ हजार ५ सय ३३ जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टायता ८५५ जना नयाँ संक्रमित थपिएका छन्। संस्थागत आइसोलेनमा
८५८१ जना छन् भने आज ३१३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
विगत २४ घण्टायता ११३२७ जनाको पिसिआर परीक्षण भएर हालसम्म ६२१९०१ जनाको परीक्षण भएको छ। हाल १०४५३ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।